jQuery(document).ready(function($){ //
});

 प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र बालेनबीच भेटवार्ता भएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवाले बालेनलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो साथ रहने बताएका छन्।

भेटमा देउवाले साहको विजयले आफू खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए।

देउवाले भने, ‘तपाईँ ले चमत्कार गर्नुभयो म खुसी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ। मलाई २४ सै घण्टा सम्झन सक्नुहुनेछ।
महानगरको कार्यपालिकामा नि कांग्रेसको बहुमत छ बिकासको काममा सहयोग हुनेछ।

प्रधानमन्त्रीले बालेनलाई फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउन र केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबैबाट सहयोग हुने पनि बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय