
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएओ) ले उत्तर कोरियाको कोभिड महामारीको तथ्याङ्कबारे आफ्नो पहुँच नभएको तर त्यहाँ सङ्कट गहिरिएको हुन सक्ने अनुमान गरेको छ ।
मे १२ मा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । सरकारी सञ्चार माध्यम केसीएनले सङ्क्रमणका घटनामा कमी आएको जनाएको थियो ।
डब्लूएचओका आपत्कालीन निर्देशक माइकल रायनले सो दाबीमाथि प्रश्न गर्नुभएको छ “हामीलाई लाग्छ त्यहाँको अवस्था राम्रोभन्दा पनि झन् बिग्रिएको छ ।” विश्वबाटै एक्लिएको अधिनाकयबादी देश उत्तर कोरियाले केही सीमित जानकारी उपलब्ध गराएको उहाँले बताउनुभयो ।
उत्तरले यसअघि ‘ज्वरो’ बाट लाखौँ नागरिक प्रभावित भएको बताएको थियो । उत्तर कोरियामा ३० लाख जनामा कोभिड सङ्क्रमण देखिएको तर उसको आधिकारिक विवरणमा सङ्क्रमणलाई ज्वारो भनिएको पनि डब्लूएचओले जनाएको छ । एजेन्सी