jQuery(document).ready(function($){ //
});

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ ।

ललितपुरको थटीटोलबाट रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो जात्राको साइत जुरेको हो । पुलचोकबाट तान्न सुरु गरिएको रातो मच्छिन्द्रनाथको रथ विभिन्न भाग परिक्रमा गरी थटिचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको थियो।

RAWA Hills Town Property

RAWA Hills Town Property

गृह मन्त्रालयले जात्राका अवसरमा देशभर आज सार्वजनिक बिदा दिएको छ । मर्यादित रूपमा रातो मच्छिन्द्रनाथको जात्रा मनाउन गृह मन्त्रालय अनुरोध समेत गरेको छ । 

रातो मच्छिन्द्रनाथको जात्रा उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वको रूपमा रहेको छ । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय