jQuery(document).ready(function($){ //
});


किसाेर निराैला
मधुमल्ला/ मोरङको मिक्लाजुङमा रहेको मिक्लाजुङ व्यापार प्रवन्ध समितिले नव निर्वाचीत जनप्रतीनीधिहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनीबार मिक्लाजुङ वडा नं. ७ मा रहेको भगवती मा.वी.मा एक कार्यक्रमको अयोजना गरी बधाई तथा परीचयात्मक कार्यक्रम गरीएको मिक्लाजुङ व्यपार प्रवन्ध समितिका सचीब अमृत कुमार श्रेष्ठले बताए । बधाई कार्यक्रममा नव निर्वाचित गाउँपालीका अध्यक्ष बबीकुमार राई, वडा अध्यक्षहरु पर्वत राई, बलबहादुर श्रेष्ठ, सन्तोष कुमार मगर,खडी मगर, शुशीलराज चौहान, पुर्णबहादुर कुवंर र शेमन्तराज दाहाललाई मिक्लाजुङ व्यापार प्रवन्ध समितिका पुर्व अध्यक्षहरु महांविर पौडेल र रमेश प्रसाद दाहालले अबिर र दोसल्ला ओडाएर बधाई ज्ञपान गरेका थिए । बधाई कार्यक्रममा मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले मिक्लाजुङ गाउँपालिकाले आगामी दीनहरुमा यस क्षेत्रका उधोगी, व्यापारीहरु संग सहकार्य गरेर यस क्षेत्रको व्यपार व्यवसायको बिकाशमा लागी पर्ने बताए । मिक्लाजुङमा बजारलाइ व्यवस्थीत गर्दै अनियन्त्री रुपमा रहेको पार्कीङलाई व्यवस्थित गर्न पहल गर्ने । बजार व्यवस्थीत गर्न, बस पार्क निर्माण गर्न पहल गर्ने, मिक्लाजुङमा कोल्ड स्टोर निर्माण गर्न पहल गर्ने बताए। साथै मिक्लाजुङको मधुमल्ला बजार पुर्व कै पुरानो बजार भएपनी समय अनुसार बिकास हुन नसकेको र यसलाई व्यवस्थीत गर्न गाउँपालीकाले योजना बनाएर अघी बढने राईले बताए । बधाई तथा परिचयात्मक कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष प्रकाश बस्नेतले राखेका थिए भने वडा अध्यक्षहरु पर्वत राई, शुशीलराज चौहान र पुर्ण बहादुर कुवंरले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष शेमन्तराज दाहालको सभापतीत्वमा सम्पन्न भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय