jQuery(document).ready(function($){ //
});
।।भोजराज घिमिरे।।मोरङ।।

श्री गणेश प्रगति सेवा समाज एवं प्रगति विनायक टोल संगठन विराटनगर–८ ले संयुक्त रुपमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै विराटनगर महानगरपालिका भित्र प्रत्येक वर्ष आईरहेको बाढी डुवान समस्या समाधान र फोहर व्यवस्थापन पहिलो प्राथमिकता भएको विराटनगर महानगरपालिकाका नवनिर्वाति प्रमुख नागेश कोइरालाले वताउनु भएको छ।

प्रमुख अतिथी समेत रहेका कोइरालाले विराटनगर महानगरपालिका भित्र करीब साना ठूला गरी ७ सय किलोमिटर बाटो रहेको छ जसमध्ये ३ सय किलो मिटर बाटो निर्वाण भएको छ वांकी निर्माण गर्दा गर्दै अर्को ३ सय किलोमिटर भत्किन्छ । वाटो निर्माण गर्न फेरी पनि दाता नै खोज्नु पर्ने वा ऋण लिनु पर्ने हुन्छ । वाटो भन्दा पहिले बाढी र फोहरको समस्या १ वर्ष भित्रै समाधान गर्ने प्रतिवद्धता जनाउँदै त्यसमा सहयोग गर्न, नगरपालिकाको आन्दानी वृद्धि गर्न तपाईहरुले इमान्दारी पूर्वाक कर तिरी दिनुपर्छ । फोहर व्यवस्थापको लागि वडालाई नै जिम्मा दिने कुरा समेत वहांले वताउनु भयो ।त्यसगरी विशेष अतिथी विराटनगर महानगरपालिकाका उप–प्रमुख शिल्पा निराला कार्कीले भने तपाईहरुको समस्या हाम्रो समस्या हो । त्यसैले तपाईहरुको समस्या वडा मार्फत वा सिधै महानगरपालिका आएर गर्नुहोस हामी समस्या समाधान गर्ने प्रयास गर्ने वहाँले बताउनु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विराटनगर–८ का वडा अध्यक्ष राम पोखरेलले भने वलवाही र जतुवा छेउको नगरवासीले वडा भनेको मधुमरा, प्रगती टोल, अमरटो मात्रै भएको गुनासो गरेपछि उतै तिरवाट सडक वत्तीको व्यवस्था गर्दै आएको छु केही दिन भित्रै पोलमा बत्ती नभएको ठाउँमा बत्ती जडान हुने छ भन्दै निर्धक्क सार्वजनिक समस्याहरु राख्न टोलवासीहरुलाई आग्रह समेत गरको छ ।

श्रीगणेश प्रगति सेवा समाजका अध्यक्ष राजेन्द्र कुमार थापा एवं प्रगति विनायक टोल संगठनका अध्यक्ष माधव प्रसाद ढुगेलले संयुक्त रुपमा महागरका प्रमुख, उपप्रमुख र वडा नं. ८ का वडा अध्यक्ष, महागनर कार्यपालिका सदस्य तारादेवी राय, वडा सदस्यहरु पवित्रा विक, भुनेश्वर राजवंशी, मोहम्मद अव्वासलाई फूलमाला र अवीर लगाएर सम्मान गरेका थिए ।

त्यसैगरी टोलका तर्फवाट अधिवक्त शिव प्रसाद आर्चार, प्राध्यापक गंगाधर कट्टेल र प्रा.डा देवी वहादुर थापा लगायत नव निर्वाचित जनप्रतिनिधीहरुलाई सफल कार्यकालको शुभकामना दिदै सल्लाह सुझावका साथै टोलका समस्याहरु जनप्रतिनिधीहरुलाई अवगत गराएका थिए ।

उक्त स्वागत तथा सम्मान कार्यक्रम को श्रीगणेश प्रगति सेवा समाजका अध्यक्ष राजेन्द्र कुमार थापाको सभापतित्वमा सम्पन्न भएको थियो।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय