jQuery(document).ready(function($){ //
});

पतान्जली योग समिती मोरङ र विराट इलेक्टृसियन सगठनको आयोजनामा वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा नव निर्वाचित मोरङ जिल्लाका जनप्रतिनिधिहरु लाई शुभकामना तथा सम्मान कार्यक्रम गरेको थियो।

पुर्व मेयर भिम पराजुलीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वर्तमान मेयर नागेश कोइरालाले वडा न.७ मा निर्वाणाथिन पतान्जतिको भवनको लागि सहयोग गर्ने प्रतिवध्ता जनाउनु भयो भने पुर्व मेयर पराजुली ले आफ्नो कार्यकालमा बनाउन लागेको भवन का लाई आफुले गर्न सक्ने सम्म सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो।

RAWA Hills Town Property

RAWA Hills Town Property

उक्त कार्यक्रम मा कटहरी गा. पा का प्रमुख देवराज चौधरी , जहदा गा. पा प्रमुख, धनपाल गा. पा का उप प्रमुख बिराटनगर १३ का वडा अध्यक्ष लगायत ले योग बाट निरोगी हुनका लागी आफ्नो गाउँ पलिका मा योगशिविर गरेर जनता लाई स्वास्थ्य र निरोगी जिवन दिन का लागि गर्नु पर्ने सहयो गर्ने कुरा बताउनु भएको थियो।

सो कार्यक्रम योग समिति मोरङ का अध्यक्ष धुर्व तामाङ को अध्यक्षता मा सम्पन्न भएको सम्मान कार्यक्रम मा सोहि योग समिति का पदाधिकारील शोभा कोइराला , शिल्पा प्याकुरेल , बिनु भट्टराई , लगाए का वक्ताहरूले आआफ्नो बिचार व्यक्त गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय