jQuery(document).ready(function($){ //
});

पछिल्ला वर्षहरुमा नेपालमा सी–फुड समुन्द्र खानाको माग बढेको छ । प्रत्येक वर्ष डेढ अर्ब रुपैयाँभन्दा बढीको सी–फुड नेपाल भित्रने गरेको छ । 

भन्सार विभागको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्ष २०७८,७९ को पहिलो दश महिनामा विभिन्न देशबाट नेपालमा १ अर्ब २३ करोड ९२ लाख ८७ हजार रुपैयाँको सी–फुड नेपाल भित्रिएको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

सो मुल्यमा पछिल्लो दश महिनामा नेपालमा ४९ लाख ९८ हजार ३५ केजी सीफुड भित्रिएको विभागले जनाएको छ ।

सालमोन, क्याटफिस, सिद्रामाछा, झिङ्गे माछा लगायतका विभिन्न प्रकारका माछाहरु, गँगटा, स्क्यालप, अक्टुपस लगायतका समुन्द्री जीवहरु नेपालले आयात गर्ने गरेको छ । 

नेपालमा सी–फुडहरु भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, चीन, नर्वे, मलेसिया, हङकङ, सिंगापुर, क्यानडा, बेलायत, दक्षिण कोरिया, कतार लगायतका देशबाट आउने गरेको छ । 

विभागका अनुसार गत आर्थिक वर्ष २०७७,७८ मा विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको ६३ लाख ४ हजार ९५२ केजी सी–फुड नेपालले आयात गरेको थियो ।

आर्थिक वर्ष २०७६,७७ मा १ अर्ब ७६ करोड ५१ लाख ३६ हजार रुपैयाँको ६८ हजार ६५ हजार ९९५ केजी सी–फुड नेपाल भित्रिएको विभागले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय