
दमक । २८ जेठ
दमक नगरपालकामा २०१८ जुन ११ मा स्थापित रोट्रयाक्ट क्लव अफ दमकले आफ्नो पाँचौ स्थापना दिवस आज प्राथमिक उपचार तालिम, रक्तदान कार्यक्रम सहित दमक रेडक्रस भवनमा मनाएको छ ।
रोटरी क्लव दमकको सारथीका रुपमा रहेको रोट्रयाक्ट क्लव अफ दमकले दमकमा युवालाई सकारात्मक दिशामा डोर्याउने कुरामा उल्लेख्य योगदान पुर्याएको भन्दै कार्यक्रमकी प्रमुख अतिथि दमककी उपप्रमुख रेगिना भट्टराइ प्रसाई पाँचौ स्थापना दिवसको शुभकामना दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख प्रसाई सहित दमक रेडक्रसका सभापति प्रकाश बुढाथोकी, रोटर िक्लव अफ दमकका अध्यक्ष भरत चम्लागाँई, रेडक्रस दमकका सिदार्थ शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
दमकका विभिन्न सामुदायीक विद्यालय र रोट्रयाक्ट क्लव अफ दमकका ३० जना सहभागीता रहेको तालिममा रेडक्रस झापाका प्रशिक्षकहरुले प्रशिक्षण गर्नुभएको थियो ।
रोट्रयाक्ट क्लव अफ दमकले विद्यालयहरुमा फुल रोप्दै, विद्यार्थीलाई कापी कलम बाढ्ने, स्कुलमा रङ लगाउने, महिनावारी सम्बन्धी शिक्षा दिने, लैंगिक अलपसंख्यका मुद्दा बोल्ने लगायत सामाजिक काम नियमित रुपमा गर्दै आएको क्लवकी अध्यक्ष सपना कन्दङ्गवाले जानकारी दिईन् ।