jQuery(document).ready(function($){ //
});

मधुमल्ला÷ खगेन्द्र चौहान

RAWA Hills Town Property

RAWA Hills Town Property

मोरङको मिक्लाजुङ गाउँपालिकामा अगामी असार पहिलो साताबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु हुने भएको छ । सोमबार राष्ट्रिय परिचयपत्र व्यवस्थापन जिल्ला स्तरिय समन्वय समिति मोरङले राष्ट्रिय परिचयपत्र वितरण संकलन अभिमुखिकरण तालिम आयोजना गर्दै सो कुरा जानकारी गराएको हो ।

कार्यक्रम भगवती मावी को सभाहलमा सोमबार भएको अन्तरक्रृया कार्यक्रममा मिकलाजुङ गाउँपालिकाका ९ वटै वडाका वढाध्यक्ष र वडा सचिबहरु, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल, अध्यक्ष बबिकुमार राईको उपस्थिीती रहेको थियो ।

असारको पहिलो साता बाट सुरु गरीने राष्ट्रिय परिचयपत्र वितरणको कार्यक्रमको बारेमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कांशिराज दाहालले प्रस्ट पारेका थिए । मिक्लाजुङ गाउँपालिकाका ९ वटा वडामा राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा जानकारी दिइएको थियो । अभिमुखीकरण कार्यक्रमा मन्तब्य राख्र्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले यो कार्यक्रम लागु भएपछी मिक्लाजुङ क्षेत्रका स्थानीहरुले उर्लाबारी गएर घंटौं लाइन बसेर राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने समस्या हलहुने बताए ।

कार्यक्रममा मन्तव्य राख्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले मिक्लाजुङमा राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम अति नै आवस्यक V राष्ट्रिय परिचय पत्र बनाउन के गर्ने भन्ने बारेमा फोन आउने गरेकाले कार्यक्रम अतीनै आवस्यक रहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।

कार्यक्रमको सहजीकरण राष्ट्रिय परिचयपत्र वितरण मोरङ जिल्ला संयोजक तथा साहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलले गरेका थिए । यो सँगै आगामि असारको पहिलो साताबाट मिक्लाजुङबासिले प्रत्येक नागरिकता प्राप्त व्यक्तिले राष्ट्रिय परिचय पत्रको फारम भर्न पाउने भएका हुन ।

कार्यक्रम जिल्ला राष्ट्रिय परिचयपत्र व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारि कांशिराज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय