
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ७ देविस्थान सिमसारमा रहेको रामजनकी मन्दिरमा राम जानकी प्रतिमा स्थापना गरिएको छ । मंगलबार रामजानकी मन्दिर परिसर मिक्लाजुङ ७ मा एक कार्यक्रमको आयोजना गरि राम जानकी मन्दिरको प्रतिमा स्थापना गरिएको राम जानकी मन्दिरका अध्यक्ष नर प्रसाद गिरिले बताए । मंगलबार बाजागाजा सहित राम जानकीको प्रतिमा लाई मधुमल्ला बजार परिक्रमा गराई मन्दिरमा प्रतिमा स्थापना गरिएको हो । राम जानकी मन्दिरमा प्रतीमा स्थापना गर्न मिक्लाजुङ वडा नं. ७ का समाजसेवी तथा युवा व्यवसायी ज्ञानेन्द्र बरालले सो राम जानकीको प्रतिमा निःशुल्क उपलब्ध गाराएका हुन । मन्दिरमा राम जानकीको प्रतिमा उपलब्ध गराउन पाउँदा खुसी लागेको ज्ञानेन्द्र बरालले बताए । लामो समय देखी राम जानकी मन्दिर बने पनी मन्दिर व्यवस्थापन समितिले राम जानकीको प्रतिमा स्थापना गर्न सकेको थिएन । सोही अभावलाई स्थानीय युवा व्यवसायी तथा समाजसेवी ज्ञानेन्द्र बरालले पुरा गरी दिएका हुन । बरालले ५७ हजार मुल्य बराबरको राम जानकीको प्रतिमा उपलब्ध गराएका थिए । मंगलबार एक कार्यक्रमका बिच यस्तै अन्य दताहरु देवी खानालले १६ हजार मुल्य बराबराको रङ, प्रकाश बस्नेतले ५ हजार मुल्य बराबरको टाइल, गोबीन्द भण्डारीले ८ हजार मुल्य बराबरको घण्टी, प्रेम राज पोख्रेलले ५ हजारको सिमेन्ट, केबी सप्लायर्सले एकहजार ९ सयको डोरी र शुशन खड्काले एकहजार पाँच सय मुल्य बराबरको बलुवा मन्दिरलाई निःशुल्क उपलब्ध गराएका थिए ।
प्रतिमा स्थापना कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेल, अध्यक्ष बबी राईले मन्तव्य राखेको थिए । कार्यक्रममा उल्लेख्य मात्रा श्रद्धालु भक्तजनहरुको उपस्थिती रहेको थियो ।
