jQuery(document).ready(function($){ //
});


मिति २०७९/०२/३१ गते अं.१३:३० वजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. २९ कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई केहि ब्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्‍त हुन आएको ।
तत्कालै प्रहरी बृत्त सिंहदरबारबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली परिचालित गराइएको । धारिलो हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेको निज घाइतेलाई उद्दार गरी मोडेल अस्पतालमा लगी उपचार गराइएको । निज उपचार पश्‍चात डिस्चार्ज भएको, अवस्था सुधारोन्मुख रहेको ।
अनुसन्धानका बिविध बिधि र प्रविधिमार्फत अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत निम्न लिखित बिद्यार्थीहरु करिब १० दिन अगाडी कलेज प्राङ्गणमा बास्केटवल खेल्दा भएको बिवादको बिषयलाई लिएर कलेजमा दुई पक्षबीच झै-झगडा हुन लागेकोमा कलेजका सुरक्षा गार्डद्वारा छुट्याउने क्रममा गार्डउपर नै जाई लागी घटना घटाई भागी फरार रहेका भन्ने खुल्न आएकोले निजहरुको पहिचान तथा खोज तलास गरी नियन्त्रणमा लिइएको ।
निम्न:
क) पक्राउ परेका ब्यक्तिहरु:
१. जिल्ला म्याग्दी बेनी न.पा वीरमुनी घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. बानियाटार वस्ने राजेन्द्र बानियाँ र नीता बानिययाँको छोरा बर्ष १८ को जोसेन बानियाँ- धारिलो हतियार प्रहार गर्ने।
२. जिल्ला रामेछाप मन्थली न.पा घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. २९ डिल्ली बजार बस्ने पदम बहादुर खत्री र शुशिला खत्रीको छोरा वर्ष १८ को बिपिन खत्री ।
३. जिल्ला ओखलढुङ्गा मानेभञ्याङ्ग गा.पा वडा नं. ६ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं.२९ घट्टेकुलो बस्ने गौरी खतिवडा र अप्सरा खतिवडाको छोरा वर्ष १८ को प्रतिक खतिवडा ।
४. जिल्ला काठमाण्डौ टोखा न.पा. वडा नं. ६ ढलमल वस्ने तप्‍त बहादुर भण्डारी र अम्बिका भण्डारीको छोरा वर्ष १८ को सञ्जिब भण्डारी (अनमोल) ।
उक्त घटनाको सम्बन्धमा प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान भई रहेको ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय