६ वर्ष कैद भएका फरार कसुरदार ८ वर्षपछि पक्राउ ।
कसुरदारको नामथर : तेज वहादुर मगर (राना) वर्ष ३९
वतन : जिल्ला झापा दमक न.पा.वडा नं. १२ हाल परिवर्तित दमक न.पा.वडा नं. ७ सिद्धार्थ टोल ।
पेशा : वैदेशिक रोजगार ।
मुद्दा शीर्षक : लागु औषध (ब्राउन सुगर)
पक्राउ मिति स्थान : मिति २०७९।०३।०४ गते जिल्ला झापा दमक न.पा.वडा नं. ६ थाना रोड
फैसला/जरिवाना : झापा जिल्ला अदालत झापाको मिति २०७६।०५।०२ गतेको फैसलाले ६ वर्ष कैद १०,०००/- (अक्षरेपी दश हजार रुपैयाँ) जरिवाना भएको ।
लगत नं. १-९०
घटनाको छोटकरी विवरण
मिति २०७०।११।१४ गतेका दिन जिल्ला झापा मेचीनगर न.पा.वडा नं. ४ काकरभिट्टामा जिल्ला झापा दमक न.पा.वडा नं. १० बस्ने दिपेश खरेललाई मे ४ प ९०८६ नम्वरको स्कुटरमा लुकाई छिपाई ल्याईएको प्रतिबन्धित लागु औषध ब्राउन सुगर १०(दश) ग्राम सहित पक्राउ गरिएको घटनामा खुलि आएका हाल सम्म फरार रहेका कसुरदार तेज वहादुर मगरलाई विशेष सुचनाको आधारमा खोजतलास गर्दा फेला पारी पक्राउ गरी सम्मानित झापा जिल्ला अदालतमा मिति २०७९।०३।०५ गते पेश गरिएको ।






