
मिति २०७९/०३/०६ गतेका दिन युथ्स फर नेशन काठमाडौको सहकार्य र इन्दिरा पौडेलको सहयोगमा दमक-४, झापा स्थित रत्न जेष्ठ नागरिक वृद्ध आश्रम नामक संस्थालाई ग्यास चुलो, खाद्य सामाग्री, दैनिक उपभोग्य वस्तु र आर्थिक रकम हस्तान्तरण गरिएको थियो।

इन्दिरा पौडेल ज्यु र उहाँको स-परिवारले आफ्नु श्रीमान/पिता खड्क बहादुर पौडेलको पुन्य तिथि र सम्झनामा यो सहयोग गर्नु भएको हो।

उक्त कार्यको लागि युथ फर नेशन परिवारले उहाँलाई धेरै धेरै धन्यवाद साथै सहयोगी मन प्रति हार्दिक आभार व्यक्त गरेको छ।

अन्य समाजिक कार्यहरुमा सहयोग गर्न इच्छुकले निम्न नम्बरमा सम्पर्क गर्नु पनि अनुरोध गरेको छ:
९८४९२६८७५२/ ९८४२७६३५८८