प्रदेश १ को राजधानी विराटनगरका सन्दिप सिग्देल अभिनित दोस्रो चलचित्र ‘ वेलकम टु हेम्जाकोट ‘ ले आफ्नो पहिलो गीत तथा फर्स्ट लुक पोष्टर सार्वजनिक गरेको छ । उक्त चलचित्रले ‘मायाको रेडियो’ नामक गीत ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरेको हो । केहि दिन पहिले काठमान्डौमा आयोजित समारोहमा उक्त चलचित्रले आफ्नो प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ । सरोज पौडेलद्वारा लिखित तथा निर्देशित उक्त चलचित्रले आउँदो कार्तिक २५ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको छ ।

पूर्वको मकालु टेलिभिजनबाट ‘ BE ALERT ‘ तथा एरिना टेलिभिजनबाट ‘ CRIME PATROL NEPAL ‘ मार्फत आफ्नो अभिनय सुरु गरेका नायक सन्दिप सिग्देलले विभिन्न बाधा अड्चनका बाबजुद कलाकारिताको क्षेत्रमा आफू लागि परिरहेको हामीलाई बताए । साथै,उनले यस चलचित्रमा कास्कीको हेम्जाकोटको शुन्दरतालाई उतार्ने कोशिस गरिएको र यस चलचित्र मार्फत पर्यटन क्षेत्रको प्रवर्दनको लागि थप टेवा पुर्याउने कोशिस गरिएको बताए ।

यस चलचित्रमा सन्दिप सिग्देलका अलावा बुद्धि तामाङ,विनोद न्यौपाने, दिनेश खड्का, प्रेविल कँडेल,रायन तन्दुकर,अम्बिका तामाङ,अस्मिता पन्त, सुजाइरा कार्की,विशाल पहाडी, शारदा गिरी तथा दिवंगत जयनन्द लामा लगायतको अभिनय रहेको छ । राज सागरको संगीत रहेको यस चलचित्रमा तेज प्रसाद दाहालको प्रस्तुति रहेको छ । गम्भीर विष्ट र कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् भने कार्यकारी निर्मातामा सुमन खड्का र निर्मातामा जितेन्द्र गिरि रहेका छन् । क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय