
देशमा बढदै गएको महिला हिंसाको अन्त गर्ने उदेश्य राखी अम्बे मुरारी सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनिको सयुक्त आयोजनामा एक दिवसीय आत्मरक्षा तालिमको उद्घाटन समाजसेवी मिना जोसिले गर्नु भएको थियोे ।
उक्त तालिममा चार बिधालयका २० जना छात्राको सहभागीता रहेको थियो।
यस्ता तालिमहरुले महिलाहरुको आत्मा विस्वास बढाउने र कुनै पनि समास्या आएमा डिफेन्स लिनसक्ने कुरा प्रमुख अतिथि मिना जोसिले व्यक्त गर्नु भयो।
प्रशिक्षक बिनोद राउत ले यस्तो तालिम महिलावर्ग लाई दिनु आज को आवश्यकता हो। यस्ता तालिम ले महिलाहरु सुरक्षीत हुन सक्ने कुरा औलाउनु भयो।
सस्थाकी सस्थापक अध्यक्ष भारती पोखरेलको अध्यक्षतामा भगएको तालिम मा आदर्श मा.बि, महेन्द्र मा.बि , श्री शुसिक्षा नि. आ.बि र वालबाटिका छात्राहरुको भाग लिएका थिए।