
दमक । ११ असार
रोट्रयाक्ट क्लव अफ दमकले आज चुलाचुलि गाउँपालिका वडा नं. ४ को एक विद्यालयमा महिनावारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
चुलाचुलि ४ को चुलाचुलि स्कुलमा सञ्चालित उक्त कार्यक्रममा त्यस विद्यालयका बालिकाहरुलाई लक्षित गरी, महिनावारीका वखत आउन सक्ने समस्या र त्यसको सामाधानका बारेमा जानकारी गराइएको क्लवकी अध्यक्ष सपना कन्दङ्गवाले जानकारी दिईन् ।

कार्यक्रममा उक्त विद्यालयका करिब २० जना बालिकाको सहभागिता रहेको थियो । जसलाई घरमै कपडाको प्याड कसरी निर्माण गर्ने भनि सिकाईएको एवम् अभ्यास समेत गराइएको थियो ।
रोट्रयाक्ट क्लव अफ दमकले विद्यालयहरुमा फुल रोप्दै, विद्यार्थीलाई कापी कलम बाढ्ने, स्कुलमा रङ लगाउने, प्राथमिक उपचार, रक्तदान, लैंगिक अलपसंख्यका मुद्दा बोल्ने लगायत सामाजिक काम नियमित रुपमा गर्दै आएको छ ।