
विराटनगरका आकाश अग्रवालले ‘एसियाज बेस्ट स्किन ब्युटी थेरापिस्ट अवार्ड’ जितेका छन् ।
भारतको तमिलनाडुको ट्रिसी सहर भएको ‘एसिया अवार्ड २०२२’ विराटनगर–९ साई श्रृंगारका अग्रवालले जितेका हुन् ।अग्रवाल विराटनगर संसारी माइस्थान स्थित साई श्रृङ्गारका सञ्चालक तथा स्किन एण्ड ब्युटी थेरापिस्ट हन् । कार्यक्रमको आयोजना रुला अवार्डद्वारा गरिएको थियो । अन्तराष्ट्रिय स्तरको अवार्डका लागि २० देशका २ सयभन्दा बढी स्किन थेरापिस्ट प्रतिस्पर्धा गरेका थिए ।
२०२१ मार्चमा मनोनयन दर्ता भएको उक्त अवार्डका लागि विभिन्न चरणहरू पार गर्दै उनले उक्त अवार्ड हात पारेका हुन् । मुल्याङ्कनका क्रममा डकुमेन्ट प्रिजेन्टेसन, भर्चुअल प्रिजेन्टेसन, अन्तर्वार्ता, सौन्दर्य सन्दर्शन तथा योजना, पार्लर र ग्ल्यामर क्षेत्रको योगदान, आदिलाई आधार बनाइएको थियो ।
भर्चुअल माध्यमबाट स्किन कार्यशाला र पसल सञ्चालन गरेका स्किन अनाल्याइसस ग्राहक सन्तुष्टि गतिविधिहरूको बारेमा निर्णायक मण्डलले समग्र जानकारी लिएको बताइएको छ । उक्त अवार्डका लागि विश्व आईएसओ प्राप्त निर्णायक मण्डलका सदस्यहरूले स्किन एण्ड ब्युटी केयर सञ्चालित अनलाइन कार्यशाला तथा अतिरिक्त क्रियाकलाप कार्यक्रमहरूको अनलाइन अवलोकन गरेका थिए । उनीहरूले वर्तमान अवस्थामा साई श्रृंगारले ग्राहकको सन्तुष्टि छाला समस्या अनुसार कस्मेटीक हर्बल सामानद्वारा गरेको पाइएको भन्दै पार्लर सिकाइ पद्धति, मूल्याङ्कन प्रणाली तथा अतिरिक्त क्रियाकलापका बारेमा प्रशंसा गरेका थिए ।
एसिया अवार्डको आयोजक रुला अवार्डको मुख्यालय मलेसिया सप्रशासनिक क्वार्टर युनाइटेट स्ट्याटस अमेरिका तथा परिचालन क्वार्टर तमिलनाडु रहेको अग्रवालले जानकारी गराए ।