jQuery(document).ready(function($){ //
});

१५ असार । दमक

RAWA Hills Town Property

RAWA Hills Town Property

रोट्रयाक्ट क्लव अफ दमकको अध्यक्षमा किरण गौतम, आज नेतृत्व हस्तान्तरण ।

२०७८ असार १७ बाट प्रारम्भ भएको रोटा वर्ष २०२१/२०२२ को कार्यकाल सफलतापूर्वक सम्पन्न गरी अध्यक्ष सपना कन्दङ्गवाले नेतृत्व हस्तान्तरण गरेकि छिन् । असार १५ मा नेतृत्व हस्तान्तरण गर्ने रोट्रयाक्ट दमकको परम्परा नै रहि आएको र त्यसै बमोजिम आज नेतृत्व हस्तान्तरण गरिएको क्लवका सचिव सन्दिप वरालले जानकारी दिए ।

यसै अवसरमा रोट्रयाक्ट क्लव अफ दमकले यस कार्यकालमा सर्वोत्कृष्ट भुमिका निर्वाह गर्ने रोट्रयाक्टर रुपा श्रेष्ठलाई ‘रोट्रयाक्टर अफ दि इयर’ को अर्वाडबाट सम्मान गरेको थियो ।

रोट्रयाक्ट क्लव अफ दमकले यस वर्ष happy school (विद्यालयमा सहयोग), महिनावारी शिक्षा (प्याड निर्माण तालिम), आमा सक्नुहुन्छ (साक्षरता तथा प्रौढ शिक्षा), सयरङ्ग दमक (विद्यालयमा फुलबारी), लैंगिक अल्पसंख्यक सम्बन्धी नाटक, प्राथमिक उपचार तालिम, रक्तदान जस्ता विभिन्न सामाजिक कार्य‌ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय