
– इन्द्र प्रसाद ओलि
लागू औषध ( ड्रग्स ) भन्नाले नसा लाग्ने वा लठ्याउने कुरा भन्ने बुझ्नु पर्द छ र जसरी धेरै प्रकारका खानेकुरा खाइ हामी अघाउन सक्छौ । त्यसै (प्राकृतिक , अर्ध प्राकृतिक कृतिम ) गरि करिव ३५०० सय भन्दा बढी प्रकारका केमिकल, औषधि झारपात ,बिज फलफुल चोप किरा जीवजन्तु बाट प्राप्त हुने तत्वहरुबाट हामिलाइ लठ्ठिन वा नसा लिन पुग्दछौ । यस्ता लठ्याउने कुरा बीस भएको कारण यसले शरीर तथा मस्तिष्क दुबैलाइ हानी पुर्याउछ । यसले ब्यक्ती दुब्लो ,कमजोर रोगी पागल, अल्छी ,सुतिरहने लागू औषध जुटाउन पैसाको अभावमा अपराधिक गतिविधिमा कतिपय अवस्थामा संलग्न हुने ,झगडालु हुनुको साथै घर परिवार समाज कार्यालय स्कुल कतै पनि मिलेर बस्न सक्दैन ।लागू औषध प्रयोगकर्ता भएका कारण सधै ड्रग्स खरिद गर्न पैसा चाहिने हुदा समाजलाइ निकै क्षति पुग्छ। पैसा को अभावमा निकै ठुला घटना देखि मानविय क्षेती समेत भएका कैयन घटना घटेका छन ।यश प्रकारका ब्यक्तीहरु घर समाज र देशकै लागि घातक हुने गर्दछन ।कुलतमा परेका ब्यक्तिहरु यदि तपाईं को गाउँ पालिका , नगरपालिकामा पनि छन भने उनिहरुबाट यहाँ को नगरलाई क्षति पुग्ने निश्चित छ।
नेपालमा लागू औषध प्रयोगकर्ता ( ड्रग्स ) सेवनहरु करिव ६ लाखको हाराहारिमा रहेका विभिन्न विज्ञ तथा संघ सस्थाहरुले बताउदै आएका छन ।त्यस मध्ये करिव दुई लाख्स पचास हजार लाई तत्काल उपचार को खाचो छ।यस बाहेक हरेक बर्ष करिव ३० हजार थप लागू औषध सेवन कर्ता बढी रहेका छन । देश भरिमा वार्षिक करिव २५ हजारलाइ पनि उपचार गर्ने उपचार केन्द्र छैनन ।अत: यहाँ हरुले आफ्नो नगरमा यो समस्या भित्रीन नदिन विशेष पहल गर्नु हुन अनुरोध्स गद छौ ।
लागू औषध ( ड्रग्स ) नियन्त्रण भन्नाले के बुझ्नु पर्द छ ।
यद्यपि संसारमा ३ हजार ५ सय भन्दा बढी नशाजन्य ( लठ्याउने ) कुरस हरु दुरुपयोग भई रहेका छन । तर नेपालमा तल दिइएकस ५ लठ्याउने कुराहरु मुख्य रुपले दुरुपयोग भई रहेका छ।यिनै लाई नियन्त्र गर्नु नै लागू औषध ( ड्रग्स ) नियन्त्रण गरिएको हो भनेर बुझ्नु पर्द छ।
(१) रक्सी/ वाइन / वियर/ जाड / तुम्बा / निगार आदि ।
(२) गाँजा / चरेश
(३) अफिम/ ब्राउन सुगर /व्हाइट सुगर / मर्फिन आदि
(४) औषधि पसलमा पाइने निन्द्रा लगाउने / दुखाइ कम गर्ने / एन्टि एलर्जी / खोकी र डिप्रेसनका औषधि हरु आदि
(५) डेन्ड्राईट/ गम आदि
माथिका बाहेक पनि केही अरु थपप्रकारका लठ्याउने कुराहरु पनि हाम्रो देश्मा प्रयोग हुने गर्द छन ।तर तिनका मात्र कम छ ।मुख्य रुपमा नेपालमा लागू औषधको समस्या भन्नाले चाहिँ माथिका ५ बस्तु सेवन गरेकै भन्ने बुझ्नु पर्द छ र यिनै बस्तुहरुलाई आ- आफ्नो नगरमा नियन्त्रण गर्न प्रयास गर्न हुन अनुरोध गर्द छौ ।
लागू औषध ( ड्रग्स ) नियन्त्रण गर्न गाउँ / नगर/ उपमहानगर / महानगर पालिकले के गर्नु पर्दछ ।
कुनै पनि गाउँ वा नगरमा लागू औषध( ड्रग्स) बाट ब्यक्ती र समाजलाई जोघाउने कर्य स्थानिय सरकारको प्रमुख दाहित्व भित्र पर्दछ। किनकी यो मानिसको जीवन र सभ्य समाज सगँ सम्बन्ध राख्दछ । अत: सबै भन्दा पहिलो खुड्किलो विकाशको स्वस्थ्य नागरिक नै हो । स्थानिय सरकारले भौतिक विकास सगसगै यो विषयलाई पनि सगै लिएर बजेट बिनियोजित देखि गाउँ/ नगर सभाबाट नीति तथा कार्यक्रम मै एजेण्डा बन्न सक्नु पर्दछ ।
लागू औषध नियन्त्रण न्युनिकरण लाई यदि यो विकास सगँ सम्बन्धित छैन भन्ने सोचाइ राख्यौ भने त्यो स्थानिय सरकारले गरेको ठूलो भुल ( गल्ती ) हुन सक्छ।
तसर्थ समयमै तत्कालिन र दिर्घकालिन योजना बनाइ अगाढी बढेमा अवैध लागू औषध को उत्पादन, वितरण, ओसारपसार र सेवन विरुद्धको सकृय अभियान ले सार्थकता प्राप्त गर्न सकिन्छ भने यहाँ हरुमा विस्वास दिलाउन चाहन्छौ ।
स्थानिय सरकारले लागू औषध ( ड्रग्स) बिरुद्ध काम गर्दा ५ प्रमुख क्षेत्रमा योजना बनाउनु पर्दछ ।
( क) त्यस सम्मानित गाउँ / नगर / उपमहानगर / महानगर पालिका मा जो लागू औषध ( ड्रग्स) दुर्ब्यसन मा परेका छैनन वहाँ हरुलाइ पर्न नदिने ।
(ख) जो ब्यक्तीहरु लागू औषध ( ड्र्ग्स ) दुर्व्यसनमा परेका छन वहाँ हरुलाइ पहिचान गर्ने ।
( ग) जो पहिचान भएका छन वहाँ हरुलाइ उपचार तथा पुर्स्थापना सेवा प्रधान गर्ने ।
( घ) जो उपचार तथा पुर्स्थापनाबाट बाहिर आएका छन ,वहाँ हरुलाइ समाजमा पुर्स्थापितमा मद्त गर्ने ,पुन: लागू औषध दुर्व्यसन पर्न नदिने ।
( ङ) जसले कानुन विपरित लागू औषध ( ड्रग्स) कारोवार सञ्चय ओसारपसार ,उत्पादन ,विकृबितरण ( डिलर , सव डिलर , घुम्ती बिक्रेता ) आदि छन वहाँ हरुलाइ कानुन बमोजिम कार्वाही गर्ने गराउने ।
माथी उल्लेखित पाँचवटै क्षेत्र लाई सम्बोधन गरि बनाइएको कार्यक्रम ( कार्यदिशा ) नै लागू औषध दुर्व्यसन नियन्त्रण तथा ब्यवस्थापनको पुर्ण योजना हो ।यो योजना तर्जुमा तयार गर्न र योजना लागू गराउन चेतना नेपाल सम्मानित (गाउँ / नगर / उपमहानगर ।महानगर पालिका ) स्थानिय सरकारलाई दुर्ब्यसन मुक्त बनाउन सहयोग गर्न तयार छौ।स्थानिय यश सग सरोकार राख्ने सरकारी तथा गैरसरकारी संघ संस्था सबैको समन्वयमा यहाँको गाउँ / नगर / उप महानगर / महानगर पालिकालाइ दुर्ब्यसन रहित गाउँ नगर बनाउन मद्त गर्ने प्रती वद्धताका साथ सादर अनुरोध गर्द छौ।
गाउँ / नगर दुर्व्यसन मुक्त रहोस ।
धन्यवाद
इन्द्र प्रसाद ओली
अध्यक्ष / प्रमुख प्रशिक्षक
चेतना नेपाल
भद्रपुर ७ झापा