jQuery(document).ready(function($){ //
});

दमक जेसिजले आज देखी एक महिना सम्मको खुल्ला योग शिविर सञ्चालन गरेको छ । हरेक बिहान साढे ४ बजे देखी सञ्चालन हुने शिबिरको आज बिहान कार्यक्रमका प्रमुख अतिथि दमक नगर उप प्रमुख रेगिना भट्टराईले उद्घाटन गर्नु भएको थियो । 

दमक जेसिजको आयोजना तथा पतन्जली योग समितिको सञ्चालनमा भएको कार्यक्रमको उद्घाटन गर्दै नगर उप प्रमुख भट्टराईले योग जिवन जिउने बिज्ञान भएकोले यसलाई सामान्य शारिरिक व्यायाम मात्रै नबुझ्नु हुन आग्रह गर्नु भयो । उहाँले योग गर्ने व्यक्ति शारिरिक रुपमा साथै मानशिक र सामाजिक रुपमा पनि स्वस्थ रहने बताउनु भयो । योगले सकारात्मक जिवन जिउन सिकाउने भएकोले सबै जनाले योग गर्नु पर्ने उहाँले बताउनु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सकारात्मक युवाहरुको समुह जेसिजले सुरु गरेको यो अभियान एक महिना मात्रै नभएर निरन्तर सञ्चालन गर्न पनि उहाँले आग्रह गर्नु भयो । दमक जेसिजका अध्यक्ष सञ्जिव बरालको अध्यक्षतामा भएको कार्यक्रममा दमक वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर थापा, उद्योग बणीज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, दमक जेसिजका पुर्व अध्यक्ष भगवान बस्नेत, पतन्जली योग समिति प्रदेश नम्बर १ का महामन्त्री लक्ष्मीप्रसाद काफ्ले पतन्जली दमक अध्यक्ष दुर्गाप्रसाद भण्डारी लगायतले बोल्दै दमकका सबै समुदायीक भवनहरुमा सामुहिक योग कक्षा सञ्चालन गर्नु पर्ने बताउनु भएको थियो । 
दमक ६ स्थित पशुपती मन्दिरको सभा भवनमा सञ्चालित योग शिबिर आगामी साउन ३१ गते सम्म सञ्चालन हुने जेसिजका अध्यक्ष बरालले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय