
एलन अधिकारी
असार २७/२८ काठमाडौको कोटेश्वर र त्यस्तै बिरगंजमा पनि जसपाको दुइटा बैठक सम्पन्न भयो।जसमा एउटा बैठक पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईले अध्यक्षता गर्नु भयो भने बिरगंजको बैठकमा उपेन्द्र यादवले अध्यक्षता गरे।ब्यानरमा भने जसपा केन्द्रिय बैठक नै भनियो।

भट्टराईले आफुहरुसंग सल्लाह नगरी विवाद उतपन्न गराइ यादव समुहले बैठक बोलाएको र सोको बिरोध गर्दा कारबाही गर्ने धाक दिए पछि बोरु हामी छुट्टिनु नै राम्रो उपाय र यो समस्याको हल हो भनी कोटेश्वरमा आफुहरुले बैठक बोलाएको बताउछन।

उता यादबले भने भट्टराई सहित ९ जना केन्द्रिय कार्यकारिणी सदस्यलाइ पद मुक्त घोषण गर्दै संघीय परिषदको अध्यक्ष अशोक राइलाइ मनोनित गरि विभिन्न बिषयमा छलफल गर्दै बैठक सम्पन्न गरे।यो विवाद अहिले जिल्ला,नगर,चुनाबी क्षेत्र,वडा वडामा समेत देखिन थालेको छ।
आज मात्रै झापा जिल्लाको दमक नगरपालिकामा दुई पार्टीको बिभाजन भएको छ।बिभाजन पछि भट्टराई पक्षमा भेष राज भट्टराईको अध्यक्षतामा २५ सदस्य दमक नगरसमिती पुनः गठन भएको छ।भने उता यादबको पक्षले पनि गंगा दुलालको अध्यक्षतामा नगर समिती पुनः गठन गरेको छ।पुन:गठन गर्दा भने भट्टराईको पक्षमा सतप्रतिशत सदस्यहरु देखिन्छ।यसैलाइ आधार मान्दा भट्टराई पक्षमा उपस्थिति बलियो देखिन्छ भने यादब पक्षको उपस्थित अब दमकमा कम्जोर देखिने पक्का भएको छ।यस्तै जिल्लामा पनि यादब पक्षको कम उपस्थित रहने देखिन्छ।
