खै कस्तो कस्तो पाठ सिकाउछ यो जीवनले पनि
यस्तो पाठ त सिक्न नपरोस् यार मेरो दुश्मनले पनि

म मुस्कुराई रहन्छु यसर्थ खुसी देख्छ यो दुनियाँ
अरे ठाउँ-ठाउँमा आँसु बगाएको छ यो वृयनले पनि

तिमी पो लायकको छौ म मा थुप्रै कमजोरी होलान्
अरे!एक सुन्दर दृश्य अरु के?नै दिन्छ र गगनले पनि

म बारम्बार प्रस्ताव राखी रहन्छु उ सुनिन,बुझिन भन्छे बोलेकै बुझ्दिन नबोलेको के?बुझ्ला र त्यो धड्कनले पनि

खुब घमण्ड गर्थ्यो उ तर पैसाकै अगाडी जलेको देखे
हेर्नुस त कहाँ बचाउदो रहेछ त परेको बेला धनले पनि

  विनोद थापा "वृयन"
  कमल गाउँपालिका-१ 
       झापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय