
झापाको दमक – ०५ वेलडागी रोडमा रहेको दिप ज्योति वचत तथा ऋण सहकारी संस्था लि. द्वारा ईलाका प्रहरी कार्यालय दमकलाई वाटर डिस्पेन्चर तथा खानेपानीका सामाग्री हस्तान्तरण गरेको छ । सहकारी संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगर्त ईलाका प्रहरी कार्यलयमा आउने व्यक्तिहरुलाई खानेपानी पिउन सहज होस भन्ने उद्देश्यले उक्त सामाग्री प्रदान गरिएको हो ।
संस्थाका संचालक समिति सदस्य रविन खड्का अनुसार उक्त कार्यक्रमा संस्थाका तर्फबाट संचालक समिति सदस्य टंक भट्टराई, भरत बाँस्तोला, रविन खड्का तथा बजार व्यवस्थापक निरज नेपालीले संयुक्त रुपमा ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक र प्रहरी निरिक्षक ज्यूहरुलाई हस्तान्तरण गर्नुभएको थियो। साथै अगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरूलाई निरन्तरता दिने समेत बताउनु भएको छ।