
नेकपा एमाले निकट जनबर्गिय संगठन अनेरास्ववियु झापा जिल्ला कमिटिको आज पदाधिकारी बैठक पार्टी कार्यलयमा सम्पन्न भएको छ।
बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष रोशन लामाले बताए ।उक्त बैठकमा विभिन्न स्थानिय तहमा पालिका स्तरिय इन्चार्ज तोकिएको लामाले बताए।
रास्ट्रिय राजनितिमा झापाको दमक नगरपालिकालाइ महत्त्वपूर्ण रुपमा हेरिन्छ।झापा क्षेत्र न.०५ पुर्ब प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि ओलिको चुनाबी क्षेत्र र गृह नगर पनि पर्छ।
बैठकले अनेरास्ववियु जिल्ला कमिटि झापाको सदस्य प्रविण पाठकलाइ दमक इन्चार्जको जिम्मेवारी दिएको छ। उनले यस् अघिको कार्यकालमा जिल्ला कमिटी प्रचार बिभाग प्रमुखको भुमिका निर्वाह गरिसकेका छन ।
उनी डिपिएल राष्ट्रिय युथ बोर्डको बर्तमन महासचिव हुन भने नमुना युवा सांसद दमकको प्रधानमन्त्री पनि हुन ।