jQuery(document).ready(function($){ //
});

झापा गाउँपालिका–५ सिमल डाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । 

स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्केको हो । 

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी  सशस्त्र प्रहरीले निभाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय