jQuery(document).ready(function($){ //
});

वाईसीएल नेपाल एक नम्बर प्रदेश कमिटीको विस्तारित बैठक सम्पन्न भएकाे छ ।

नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका संयोजक सुमन देवकोटाको प्रमुख आतिथ्यतामा र प्रदेश संयोजक डम्बर पुलामी “कर्म”को अध्यक्षतामा उदयपुर जिल्लाकाे गाईघाटमा बैठक सम्पन्न भएकाे हाे ।

RAWA Hills Town Property

RAWA Hills Town Property

सम्पन्न बैठकले प्रदेश भित्रका सबै जिल्लाहरूमा संगठनकाे सदस्यता वितरण गर्ने, दोस्रो राष्ट्रिय भेलाका लागि प्रतिनिधि छनौट गर्ने, विभागीय जिम्मेवारी हेरफेर गर्ने र आगामी भाद्र ३ र ४ गते काठमाण्डौँमा सम्पन्न हुने “दोस्रो राष्ट्रिय भेला” भव्य बनाउन आबश्यक पूर्व तयारी सम्पन्न गर्न मातहतका जिल्ला समितिहरुलाई बैठक /भेला आयाेजना गर्ने निर्णय गरेको छ।

पुलामीले संगठनको बिधान बिपरित काम गर्ने,एउटै ब्यक्तिलाई संगठनको दुई भातृ संगठनको जिम्मेवार दिने जस्तो गैर जिम्मेवार काम गर्ने एक नम्बर प्रदेशको जो कोहि नेतालाइ पनि उचित कारबाही गर्ने बताए।
प्रदेश कार्यसमितिको विस्तारित वैठकमा संगठनका सह-संयाेजक सुबाेध श्रीपाली, पार्टी प्रदेश कोषाध्यक्ष गगन पुरिको समेत उपस्तिथि रहेको थियो।पुरिले संगठन बिस्तार तिब्र गतिमा गर्न निर्देशन दिनुभएको थियो भने बैठकमा वाइसीएल केन्द्रीय नेता मिङ्मा डन्डु शेर्पा लगाएतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय