
कुमोद अधिकारी ।। विराटनगर
साउन ११ वुधवार
प्रधानमंत्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाइको प्रदेस स्तरिय चौथौ त्रेमासिक तथा वार्षिक समिक्षा गोष्ठि आज सम्पन्न भएको छ । प्रधानमंत्री कृषि आधुनिकिकरण परियोजना समन्वय इकाई मोरङको आयोजनामा सुनसरीको तरहरा स्थित कृषि अनुसन्धान निर्देशनालयमा गोष्ठि सम्पन्न भएको हो ।
गोष्ठिमा प्रदेस नम्वर एकका १० जिल्लाका परियोजना कार्यान्वयन इकाई कार्यालयहरुले गत आर्थिकवर्ष भएको आ–आफनो कार्यालयको वार्षिक प्रगती विवरण प्रस्तुत गरेका थिए ।
गोक्ष्ठिमा वोल्नुहुदै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख एंव वरिष्ठ कृषि अधिकृत रामवलम साहले परियोजनाले गत आर्थिकवर्ष ८४ प्रतिशत वित्तिय प्रगती र ८९ प्रतिशत भारित प्रगती हाहिल गरेको जानकारी गराउनुभयो । परियोजना संचालन भएका जिल्लामा कृषि यान्त्रीकरण तर्फ किसान आकार्षण वढेको र प्रविधिको विकास भएको परियोजनाको दावी छ ।
कार्यपत्र प्रस्तुत गर्नु हुदै उहाले प्रदेस न १ मा कृषि क्षेत्रमा रहेको संभाव्यता र अवसरलाई सहि रुपमा प्रयोग गरेर माछा , धान, अलैची अदुवा ,, वेसार तथा मकै जस्ता वालिको उत्तपादन र उत्तपादकत्वमा वृद्धि गर्दै किसानहरुको आय स्तरमा वृद्धि गर्नुपर्ने वताउनुभयो ।
कृषि मंत्रालय प्रदेस न १ का सचिव मेघनाथ तिम्सिनाले कृषि प्रविधिको विकास , किसानले उत्तपादन गरेको वस्तुको समर्थन मुल्य, चकलावन्दी खेतीको विस्तार तथा यान्त्रीकरणमा परियोजनाले थप जोड दिनु पर्ने वताउनुभयो ।
कार्यक्रमा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले परियोजनाका कारण जिल्लामा मछा, धान तथा तरकारी खेतीमा किसानको आर्काषण वढेको वताउनुभयो ।
कार्यक्रममा प्रधानमंत्री कृषि आधुनिकिकरण परियोजना केन्द्रिय कार्यालयका उपसचिव जितवहादुर चन्द परियोजना देशभरीनै प्रभावकारी भएको वताउनुभयो ।
गोष्ठिमा कृषि यान्त्रीकरण, उन्नत प्रविधिको प्रयोग , उत्तपादन लागत घटाउने, विषाधि प्रयोगमा न्युनिकरण जस्ता विषयमा छलफल भएको परियोजना कार्यान्वयन इकाई प्रमुख रामवलम साहले वताउनुभयो ।