jQuery(document).ready(function($){ //
});

कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु–२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलङ्कालाई ३–० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधवार राति भारतको भुवनेश्वरस्थित कालिङा रङ्गशालामा नेपालले लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लियो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक एक गोल गरे । जितसँगै नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा उक्लियो । लगातार दोस्रो हारसंगै श्रीलङ्का बिना अङ्क पुछारमा छ ।

बुधबार  नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २–१ अन्तरले पराजित गर्दै बङ्गलादेशले लगातार दोस्रो जित निकालेको थियो  ।

यद्यपि नेपालको जितसँगै बङ्गलादेश तालिकाको दोस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय