jQuery(document).ready(function($){ //
});

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई कोभिड १९ संक्रमण देखिएको छ। केही दिन अघि मधेश प्रदेश घुमेर आएका कोइरालालाई कोभिड देखिएको हो।

ज्वरो आएपछि कोइरालालाई शनिबार धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगिएको थियो। बिहान अस्पताल लगेर जचाउँदा कोइरालालाई कोभिड पोजेटिभ देखिएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो।

RAWA Hills Town Property

RAWA Hills Town Property

ग्राण्डीमा नै आरटी पीसीआर चेकका क्रममा कोइरालालाई कोभिड संक्रमण् देखिएको हो। उहाँलाई अहिले ग्राण्डीको कोभिड आइसोलेसनमै भर्ना गरेर उपचार गरिँदैछ। थपलियाका अनुसार कोइरालाको स्वास्थ्य सामान्य छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय