
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ ।
आज गरिएको परिक्षणबाट वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । कोरोना पोजेटिभ देखिएपछि उहाँ हाल धापासीस्थित निवासमै आराम गरिरहनुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेललाई निमोनियाको लक्षण समेत देखिएको छ ।
स्वास्थ्य समस्याका कारण उहाँको प्रदेश नम्बर १ का पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको छ ।