jQuery(document).ready(function($){ //
});

सरकारले मङ्सिर ४ गते एकै चरणमा देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेकोमा निर्वाचन आयोगले धन्यवाद दिएको छ । 

सरकारले तोकेको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गर्न पूर्ण रूपमा प्रतिबद्ध भएको आयोगले जनाएको छ । 

eHatiya

आयोगले दिएको परामर्श अनुसार नै निर्वाचनको मिति तोकिएसँगै प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ भन्ने सम्बन्धमा रहेको संवैधानिक तथा कानुनी अस्पष्टता अब सदाका लागि अन्त्य भएको जनाएको छ । यसबाट आगामी आवधिक निर्वाचनको निम्ति पनि मार्ग प्रशस्त भएको प्रति आयोगले खुसी व्यक्त गरेको छ । १०७ दिनमा निर्वाचन सम्पन्न गर्न पूर्ण रूपमा सक्षम रहेको आयोगले जनाएको छ । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा २ को खण्ड (झ) मा निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मका अवधिलाई ‘निर्वाचन अवधि’ भनी परिभाषा गरेको हुँदा निर्वाचनको मिति तोक्दा ऐनको सो व्यवस्था बमोजिम निर्वाचन हुने दिनभन्दा कम्तीमा १२० दिन अगाडिदेखि निर्वाचन अवधि कायम हुने गरी मिति तोक्न आयोगले सरकारलाई परामर्श दिएको थियो । 

यद्यपि निर्वाचन घोषणा भएको मितिदेखि मतदान हुने दिनसम्म १०७ दिन आयोगलाई उपलब्ध भएको छ । आवधिक निर्वाचनका लागि आयोगले आन्तरिक तयारी निरन्तर गरिरहने भएकाले प्राप्त भएको १०७ दिनमा आयोग निर्वाचन सम्पन्न गर्न पूर्ण रूपमा सक्षम छ । 

मङ्सिर ४ गते आइतबारका लागि तोकिएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले तत्कालका लागि ९ वटा काम गर्ने जनाएको छ । 

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली सङ्कलन आजदेखि स्थगित हुने छ । आयोगले गत असार १ गतेदेखि मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको थियो । 

साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली सङ्कलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ ।  

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए ।

स्थानीय तहको निर्वाचनपछि भएको नामावली सङ्कलनबाट करिब १० लाख मतदाता थपिने अनुमान गरिएको छ ।  मतदान स्थल तथा मतदान केन्द्रहरूको पुनरावलोकन गरी अद्यावधिक गरिने छ । 

नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता प्रक्रिया तुरुन्त प्रारम्भ गरिने छ । 

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ऐन बमोजिम निर्वाचन कार्यपालिका र कार्यक्रम स्वीकृत गरी आवश्यक कार्य गरिने छ । 

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यालय स्थापन गरी यथाशीघ्र कार्य सुरु गरिने छ । निर्वाचनका लागि आवश्यक जनशक्तिको आकलन गरी विवरण सङ्कलन तथा अद्यावधिक गरिने छ । 

निर्वाचनका लागि आवश्यक बजेट तर्जुमा गरी प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन आर्थिक कार्यविधि व्यवस्थापन निर्देशिका तयार गरी सहमतिका लागि यथाशीघ्र अर्थ मन्त्रालय पठाइनेछ । 

निर्वाचन पर्यवेक्षण निर्देशिका स्वीकृत गरी निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आह्वान गर्ने प्रक्रिया शीघ्र प्रारम्भ गरिने छ ।     

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • PADANGTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO
  • LOMBOKTOTO