
|| प्रविन ढकाल, सुन्दर श्रेष्ठ, मनिशा बासुकला, उपमा नेपाल || बनेपा, नेपाल ||
“सस्टेनेबल डेभलपमेन्ट गोल्स करिकुलम को-डेभलपमेन्ट वर्कशप सम्बन्धी शिक्षण र अनुसन्धानलाई सुदृढ गर्दै” (ForHimSDG वर्कशप) पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च – जर्मनी, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी – थाइल्याण्ड, काठमाडौं विश्वविद्यालय – नेपालको सहकार्यमा सफलतापूर्वक आयोजना गरिएको छ। जर्मन एकेडेमिक एक्सचेन्ज सर्भिस (DAAD) द्वारा फन्डेड र जर्मनीको आर्थिक सहयोग र विकास मन्त्रालयको आर्थिक सहयोगमा जुलाई २६ देखि जुलाइ २८ सम्म बनेपा, हिमालयन द्रिश्य रिजोर्टमा सो वर्कशप सम्पन्न भएको छ।
वर्कशपको उद्देश्य २०३० सम्म दिगो विकास लक्ष्यहरू (SDGs) पूरा गर्न विभिन्न देशहरूको मुद्दालाई सम्बोधन गर्नु थियो । हिन्दु कुश हिमालयन (HKH) को शिक्षण र अनुसन्धानको क्षेत्रमा SDGs मा हुनु पर्ने ध्यान कोभिड-१९ महामारीले गर्दा ध्यान अन्तै केन्द्रित भएको थियो। तीन दिने वर्कशपमा हिन्दुकुश हिमालयन (HKH) क्षेत्र (नेपाल, थाइल्याण्ड, भारत, बंगलादेश, पाकिस्तान, भुटान, अफगानिस्तान (अनलाइन), म्यानमार (अनलाइन) लगायत अन्य देश (जर्मनी, अष्ट्रिया, स्वीडेन, बेलायत) सहितका ५० प्रतिनिधि सहभागी थिए। वर्कशप उत्तर-दक्षिण र दक्षिण-दक्षिण सहयोगलाई बढावा दिएर SDGs हरूमा शिक्षण र अनुसन्धानको माध्यमबाट यो क्षेत्रका देशहरूलाई बलियो बनाउनमा ध्यान केन्द्रित गर्न डिजाइन गरिएको थियो।
प्रा. डा. सुनिल प्रसाद लोहनी (नवीकरणीय र दिगो उर्जा प्रयोगशाला (RSEL) का नेतृत्व तथा केयू बाट ForHimSDG परियोजनाका PI) ले परियोजनाको परिचयात्मक मन्तब्य राख्दै वर्कशपको उद्घाटन सत्रको संचालन गर्नुभयो जहाँ उहाँले बस्न योग्य स्वच्छ वातावरण बनाउनको लागि सस्टेन्याविलिटीका कार्य गर्न क्षेत्रीय सहयोग कति महत्त्वपूर्ण छ भनेर वर्णन गर्नुभयो। प्रा. डा. भोला थापा (उपकुलपति, केयू) ले स्वागत मन्तब्य र प्रा. डा. योर्गेन क्रोप (पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च, ICIMOD स्वतन्त्र बोर्ड सदस्य) ले मुख्य मन्तव्य राख्दै SDGs का लक्ष्यहरू राजनीतिक छन् र त्यसका लागि SDGs को व्यवस्थित समझको आवश्यकता रहेको बताउनु भयो । उद्घाटन सत्र प्यानल छलफल प्रा. डा. शोभाकर ढकाल (उपाध्यक्ष-शैक्षिक मामिला, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्याण्ड) द्वारा संचालित थियो जसले हिन्दु-कुश हिमालयन क्षेत्रमा सस्टेन्याविलिटीका चुनौती र अवसरहरूमा केन्द्रित थिए र विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठनहरूका सम्मानित प्यानलिस्टहरू सम्मिलित थिए। बनेपा र पनौतीका मेयरहरू छोटो हस्तक्षेपका लागि उपस्थित थिए भने काठमाडौं विश्वविद्यालयका रजिष्ट्रारले धन्यवाद मन्तब्य ज्ञापन गर्नु भयो।
वर्कशपले सस्टेन्याविलिटी सम्बन्धी पाठ्यक्रममा ज्ञान र अनुभवहरू, सस्टेन्याविलिटी सम्बन्धी विषयहरूमा अनुभवहरू, सस्टेन्याविलिटीमा राम्रो पाठ्यक्रम कसरी विकास गर्ने भन्ने बारे विचारहरू, र हिन्दु-कुश हिमालयन क्षेत्रमा दिगो लक्ष्यहरू अघी बढाउने चुनौतीहरू र अवसरहरूमा प्रमुख छलफलहरू देखियो साथै दार्शनिक र विद्यार्थीहरूको दृष्टिकोणबाट यी निष्कर्षहरूलाई पाठ्यक्रममा कसरी ग्रहण गर्ने भन्नेमा ध्यान केन्द्रित भयो।
वर्कशप प्यानल र समूह सत्रको परिचय पोट्सडम इन्स्टिच्युट फर क्लाइमेट रिसर्चका वरिष्ठ वैज्ञानिक डा. प्रजल प्रधानले गर्नुभएको थियो । तीनदिने वर्कशपमा विभिन्न प्यानल सत्रहरू सञ्चालन गरिएको थियो जसमा आधारभूत र उन्नत सस्टेन्याविलिटी पाठ्यक्रमका आवश्यकताहरू र पाठ्यक्रमलाई अझ गहिरो रूपमा विकास गर्न योगदान पुर्याउने विश्वव्यापी, क्षेत्रीय र स्थानीय परिप्रेक्ष्यमा छलफल गर्ने घटकहरूका विभिन्न पक्षहरूमा सामूहिक छलफल गरियो। विभिन्न विषय र क्षेत्रका व्यक्तिहरूलाई पाठ्यक्रममा के समावेश गर्नुपर्छ भन्ने विषयमा आफ्ना कुराहरू अगाडि बढाउनका लागि छलफल फलदायी रह्यो। SDGs एजेन्डा प्रति सहयोग, सहकार्य र प्रतिबद्धता केन्द्रित र सस्टेन्याविलिटीका मुद्दाहरुलाई सम्बोधन गर्ने पाठ्यक्रम निर्माणको लागी एक रचनात्मक मार्ग संगै वर्कशप समाप्त भयो।