jQuery(document).ready(function($){ //
});

स्वतन्त्र दमक बासीद्वारा दमक चौक पुर्व राजमार्ग संगै जोडिएको खाली क्षेत्रमा सयपत्री फुल रोपेका छन् । पुर्व पश्चिम राजमार्गबाट दमक बस पार्क जाने बाटोको राजमार्गको खाली क्षेत्रमा सरसफाई गर्दै सयपत्रिका बिरुवा रोपिएको हो । 
दमकको मुख्य ठाउँनै अव्यवस्थीत बनेर फोहर देखिएको हुँदा चौकको सौन्दर्य करणका लागी फुलका बिरुवा रोपिएको साथिभाई समुहका अध्यक्ष गंगा सिटौलाले जानकारी दिनुभयो । दमकलाई सुन्दर बनाउनु सबै दमकबासीको कर्तब्य भएको भन्दै उहाँले स्वत स्फुर्त रुपमा आफुहरुले बिरुवा रोपेको बताउनु भयो । बाह्रमासे सयपत्रिका बिरुवा रोपेर सधैं हराभरा बनाउने उहाँले बताउनु भयो । 
बाहिर बाट आउने पाहुनाहरु पहिलो पटक बस पार्कमा ओर्लंदानै दमकको बारेमा एउटा धारणा बन्ने र उक्त ठाउँ सफा देखिँदा दमकबासीको सभ्यता झल्किने भएकोले पहिलो पटक बस पार्क क्षेत्रमा सरसफाई गरी बिरुवा रोपिएको हिमालयन टाईगरका बरिष्ठ उपाध्यक्ष जे बिमलीले बताउनु भयो । आफुहरु दमकको सरसफाई र सौन्दर्यकरणका लागी अन्य क्षेत्रमा पनि काम गर्ने उहाँले बताउनु भयो । सरसफाई तथा फुलका बिरुवा रोप्ने कार्यमा राप्रपा दमक नगर अध्यक्ष हेम सुवेदी, नेपाली कांग्रेस दमक ८ का वडा सभापती चन्द्र खत्री, दमक जेसिजका नि वर्तमान अध्यक्ष कमल कटुवाल लगायतको सहभागिता रहेको थियो । 

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय