jQuery(document).ready(function($){ //
});

झापा । अखिल (छैठौं) १ नम्बर प्रदेश समितिले संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक र प्रदेश खारेजीको माग गर्दै झापाको दमकमा मसाल जुलुश प्रदर्शन गरेको छ ।

शुक्रबार साँझा गोर्खा डिपार्टमेन्ट चोकबाट नारासहित सुरु भएको मसाल जुलुश गणतन्त्र चौक पुगेर कोणसभामा परिणत भएको थियो ।
त्यसक्रममा विद्यार्थीहरुले ‘नागरिकता विधेयक खारेज गर, संघीयता खारेज गर, एमसीसी चाहिँदैन, महंगी भ्रष्टाचार नियन्त्रण गर’ लगायतका चर्का नारा लगाएका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

कोणसभालाई सम्बोधन गर्दै अखिल (छैठौं) १ नम्बर प्रदेश समिति का अध्यक्ष देबेन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै राष्ट्रघाती काम गरेको आरोप लगाउनुभयो ।

उहाँले संसदबाट पारित नागरिकता विधेयक फिर्ता लिन र विदेशीलाई दिएको नागरिकता छानबिन गर्न माग गर्नुभयो ।

कोणसभाको सञ्चालन अखिल (छैठौं) १ नम्बर प्रदेश समिति का सचिव अमीर बास्केटाले गर्नुभएको थियो ।

नागरिकता विधेयक, महँगी र संघीयताको बिरोधमा अखिल(छैठौं) केन्द्रिय समितिको निर्देशनमा देशब्यापी ब्यापक मसाल जूलूस एकै दिन गरेको अखिल(छैठौं) केन्द्रिय उपाध्यक्ष नबिन पाण्डे ले जानकारी दिनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय