jQuery(document).ready(function($){ //
});

जसपा नेपालको झापा जिल्लाको क्षेत्र न.०५ को बैठक ओम माया आङदेम्बेको अध्यक्षतामा आज सम्पन्न भएको छ।

बैठकले पार्टी हित बिपरित काम गरेको भन्दै पार्टी दमक नगर पुर्ब अध्यक्ष खेम दाहाल र पार्टी दमक नगर पुर्ब सचिब सुनिल राइलाइ कारबाही गरेको छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पार्टी दमक नगर इन्चार्ज गंगा दुलालले क्षेत्र न.०५को क्षेत्रीय कमिटीलाई पत्र पठाएर कारबाही गर्न माग गरिएको र सो पछि क्षेत्र कमिटीले आज दुई जनालाइ कारबाही गरेको एक बिज्ञाप्ती मार्फत जानकारी गराएका छन।

जारी बिज्ञाप्तीमा जसपा जिल्ला समन्वय समिती झापा र नगर समितीलाई दमकलाइ बोधार्थ गराएको छ।जारी बिज्ञाप्ती:-
प्रेस विज्ञप्ति
विषयः कारवाही गरिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला क्षेत्र नं. ५ को क्षेत्रीय कमिटीको बैठकले दमक नगर समिति इन्चार्ज श्री गंगाप्रसाद दुलालले क्षेत्रीय कमिटीलाई पठाउनु भएको पत्रानुसार साविक दमक नगर कमिटीका पूर्व अध्यक्ष खेम दाहाल र पूर्व सचिव सुनिल राईले पटक पटक पार्टीको नीति र निर्देशन नमानी पदीय मर्यादामा नै आँच आउने गरी सार्वजनिक रुपमा गतिविधि गरेकोले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाहीको माग गरिएकोले र निजहरुले पार्टीको नेतृत्वहरुको उपस्थितिमा भएको सार्वजनिक कार्यक्रम विथोल्ने र झण्डा व्यानर च्यात्ने, फ्याक्ने गतिविधिहरु गरेको पाइएको हुँदा निज खेम दाहाल र सुनिल राईलाई पार्टीको अन्तरिम विधानको परिच्छेद ८ को धारा ५० को १ अनुसार पार्टीको सबै जिम्मेवारी साथै पार्टीको साधारण सदस्यबाट आजको मितिबाट नै लागु हुने गरी हटाउने निर्णय गरिएको हुँदा सबैलाई जानकारी गराउन चाहान्छु । जय मातृभूमि ।
बोधार्थः
जनता समाजवादी पार्टी नेपाल
झापा जिल्ला समन्वय समिति
जनता समाजवादी पार्टी नेपाल
दमक नगर समिति

दिवाकर राई
क्षेत्रीय सचिव क्षेत्र नं. ५ झापा

ओममाया आङदेम्बे
क्षेत्रीय अध्यक्ष क्षेत्र नं. ५ झापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय