jQuery(document).ready(function($){ //
});


उर्लाबारी । नेपाली कांग्रेस प्रदेश १ का सहममामन्त्रि खड्ग फागोले कांग्रेस भित्र शुद्धिकरण आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस उर्लाबारी नगर कार्यसमितिद्वारा शनिवार उर्लाबारीमा आयोजित बधाई तथा शुभकामना आदनप्रदान कार्यमा बोल्दै कार्यक्रमका विशिष्ठ अथिती सहमामन्त्रि फागोले यस्तो बताएका हुन् ।
फागोले भने-“ नेपाली कांगे्रस स्वच्छ हुनुपर्नेमा जोड दिदै फागोले भने-“एउटा बोरा भित्र धेरै काँटीहरु छन् ति काँटीहरु कुनै खिया लागेका छन् कुनै राम्रा छन् खिया लागेका काँटीको व्यावस्थापन गरिएन भने राम्रा काँटीमा पनि खिया लाग्छ र काँटीको महत्व घट्छ ।”
गत स्थानियतहको निर्वाचनलाई स्मरण गर्दै फागोले कुनै पनि चुनावमा व्याक्तिको हारजित स्वभाविक भएतापनि पार्टीले उठाएका प्रतिनिधीलाई घात गरेर चुनावमा हराउन लाग्ने कांग्रेसीहरुको पहिचान पार्टीले गरेन भने पार्टी क्षयिकरण हुने भएका कारण पार्टीको माथिल्लो तहले यसबारे विचारविमर्श गर्नुपर्ने औल्याए ।
यस्तै कार्यक्रमका प्रमुख अथिती काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले काँग्रेसको सत्रु अरु कुनै नभई काँग्रेस नै भएकोले स्थानीय तहमा मोरङमा हार व्यहोर्नु परेको बताए । उनले पार्टीभित्रको विखण्डनले हार भएको बताए । साथै, निर्वाचित जनप्रतिनिधिलाई इमान्दारितापूर्वक जनताको काम गर्न निर्देशन समेत दिए ।
शनिवार आयोजित सम्मान कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष राजन कँडेल, वडा नं. ४ का वडाध्यक्ष कल्याणकुमार राई, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल र वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तान रहेका छन् । यस्तै, वडा सदस्यतर्फ वडा नं. २ का नरबहादुर धिमाल, वडा नं. ५ का सुरेश आचार्य, विनोद धिमाल, देवीकला राई, रामकुमारी विक, वडा नं. ६ का दुर्गावति लिम्बू, पवित्रा विश्वकर्मा, बमबहादुर श्रेष्ठ, मानबहादुर धिमाल, वडा नं. ७ का सुमन कार्की, सन्तोष निरौला, मन्जु परियार, वडा नं. ९ का प्रकाश कन्दङ्वा, गणेश किम्दाङ, विमला लिम्बू र सावित्रा विश्वकर्मा लाई कार्यक्रमका प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, विशिष्ट अतिथि काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागो र नगर सभापति सुरेन्द्र लिम्बूले जनप्रतिनिधिहरुलाई सम्मान गरेका हुन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय