
किसाेर निराैला।। मधुमल्ला
मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ देवकोटा मा. बि. मा शुक्रबार भएको निःशुल्क स्वास्थ्य शिबिरमा पाँच सय ३५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । तोरीबारी सिर्जनशिल युवा अभियानको आयोजना, मिक्लाजुङ गाउँपालिका वडा नं. ८ को प्रायोजन तथा मेची नेत्रालय दमक झापा र मधुमल्ला अस्पताल मिक्लाजुङको प्राविधिक सहयोगमा स्वास्थ्य शिबिर आयोजना गरिएको तोरीबारी सिर्जनसिल अभियानका दीनेश खोक्रेलले बताए ।
स्वास्थ्य शिबिरमा तीन सय ६० जना को आखाँ परिक्षण गरीएकोमा २४ जनाको मोतीया बिन्दु भएको र उनीहरुको निःशुल्क शल्यक्रीया मेची नेत्रालय दमकले गरी दिने भएको छ । यस्तै शिबिरमा एक सय ७५ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । आँखा जाँच र स्वास्थ्य परिक्षणमा आउनेहरुलाई निःशुल्क चस्मा र औषधी वितरण गरीएको थियो ।
स्वास्थ्य परिक्षण कार्यक्रमको उद्घाटन मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राईले डा. शुर्यनारयण साहालाई स्वास्थ्य सामग्री दिएर गरीएको थियो । उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले ग्रामीण क्षेत्रमा सिर्जनशिल युवा अभियानले निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरेर धेरै नागरीकहरुको निःशुल्क स्वास्थ्य परिक्षण जस्तो राम्रो कार्य गरेकोमा प्रशंशा गर्दै यस प्रकारका कार्यक्रमहरुलाई मिक्लाजुङ गाउँपालिकाले सहयोग गर्ने बताए ।
मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले निःशुल्क स्वास्थ्य शिबीर कार्यक्रम आफैमा राम्रो काम भएको र यसले धेरै नागरीकहरुको स्वास्थ्यमा फाइदा पु¥याउने बताए ।
मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पुर्णबहादुर कुवंर (प्रवेश)ले र्सिजनशिल युवा अभियान सँगको सहकार्यमा भएको स्वास्थ्य शिविर कार्यक्रमले वडा नं. ८ बासी आमा बुबा दिदी बहिनीहरुलाई फाइदा पुगेको बताए । निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा अधिकृत चिन्तामणी पोख्रेल, मिक्लाजुङ गाउँपालिका प्रमुख प्रशाशकीय अधिकृत होम प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो।