jQuery(document).ready(function($){ //
});

क्लियोपेट्रा इभेन्टद्धारा आयोजीत मिस आर्टिसट्रि प्रतियोगितामा हुने भएको छ।सो प्रतियोगितामा प्रदेश १ का विभिन्न जिल्लाबाट सहभागीता जनाउन सकिने दमकमा आयोजीत पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको छन ।

प्रतियोगिताको मुख्य व्यवस्थापक प्रविण पाठकका अनुसार इच्छुकहरुकालागि फारम खुल्ला गरिसकिएको र यसको अडिसन भदौ ११ गतेबाट सुरु हुने समेत बताउनुभयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पहिलो अडिसन पूर्वका मुख्य शहरहरुमा एकैदिन हुने छ । भदौ ११ गते झापाको बिर्तामोड, मोरङको बिराटनगर र सुनसरीको इटहरी र धरानमा हुने छ । त्यसपछि अन्तिम अडिसिन झापाको दमकमा भदौ १८ गते हुने छ ।

सबै अडिसनमा गरि कुल १ सय जनाले सहभागीता जनाउने अपेक्षा आयोजकको छ । ती मध्येबाट अडिसन मार्फत २० जनालाई छनौट गरि ती २० जनालाई २८ दिन इटहरी र दमकमा छुट्टा छुट्टै वर्कसप गराइने र बिभिन्न विषयमा ती २० जना सहभागीहरुलाई निखार्ने प्रयास गराइने जानकारी पाठकले गराउनु भयो।

त्यसपछि प्रि जर्जमेण्ड राउण्डमा प्रतियोगीहरुलाइ सहभागीता गराइने छ । इलामको श्री अन्तुमा हुने प्रि जर्जमेण्टबाट छनौट भएकाहरुबाट कार्तिक ५ गते दमकमा हुने फाईनल प्रतियोगितामा सहभागी गराइने पाठकले जनाउनु भयो । उत्कृष्टहरुलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको पनि पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

प्रतियोगिताको बिजेताले नगद एक लाख सहित अन्य विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । साथै अन्य विषयगत बिजेताकालागि पनि विभिन्न प्रकार पुरस्कारहरु राखीएको छ ।

कुल १५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विभिन्न व्यवसायीक फर्म तथा शैक्षिक सस्थाहरुले प्रयोजन गर्ने अपेक्षा गरिएको छ । साथै सहभागीहरुबाट समेत फारम भरेको तथा छनौट अडिसनबाट छनौट भइसकेपछि वर्कसपमा लाग्ने खर्च बराबरको शुल्क लिइने पाठकले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

सौन्दर्य प्रतियोगितालाई बाहिरी आवरणको प्रदर्शन मात्र नबुझ्न अनुरोध गर्दै पाठकले यूवा वर्गको भित्री प्रतिभा र सुन्दर पक्षलाई पनि हेरिन पर्नेमा जोड दिनु भयो । यस प्ररकारका प्रतियोगितामा यौन दुव्र्यवहारका घटना पनि हुने गरेको सन्दर्भलाई प्रष्ट पार्दै पाठक भन्नु हुन्छ‘सहभागीहरुलाई वर्कसपको सबै भन्दा पहिलो कक्षा नै यौन दुव्र्यवहार र यसको प्रतिकार कसरी गर्ने भन्ने बारेमा तालिम दिइने बताउनु भयो ।

साथै यस्ता प्रतियोगिता आयोजनजा गर्ने र फाईनल राउनण्डमा पुगेपछि आयोजक सम्पर्क बिहिन हुने, घोषित पुरस्कार समेत वितरण नभएका घटनालाई भएकोमा सजग भएको उहाँको दावि छ । त्यस्ता घटना हुन नदिन प्रतियोगिताको अडिसन सुरु हुनु पूर्वनै आर्थिक
श्रोत सुनिश्चित गरेर मात्रै अघी बढिने पनि उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय