
मिति २०७९।०४।२८ गते अं. १६:१० बजेको समयमा का.जि. का.म.न.पा. ११ थापाथलीस्थित काठमाण्डौ र ललितपुर जिल्ला जोड्ने बागमती नदीको पुलबाट एकजना महिला हाम फालेको भन्ने सूचना प्राप्त हुन आएको ।
तत्कालै प्रहरी बृत्त सिंहदरबारबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली परिचालन गराइएको । काठमाण्डौतर्फको बागमती नदीको किनारमा निज महिलालाई फेला पारी प्रहरी तथा स्थानीय ब्यक्तिहरुसमेतको सहयोगमा ऐ. १६:२० बजेको समयमा नदीबाट जिवितै उद्दार गरिएको ।
घटनास्थलमा खटिएको प्रहरी टोलीद्वारा निजलाई ट्रमा सेन्टर पुर्याई उपचार गराइएको ।
उद्धार पश्चात निजसँग सोधपुछ गर्दा निजले आफू वर्ष २० की अञ्जली यादव भनी बताएकी । सोधपुछकै क्रममा निज हाल जि. ललितपुर कुपण्डोलमा बस्ने गरेको भनी खुल्न आएको ।
घटनाको सम्बन्धमा प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान भई रहेको ।