jQuery(document).ready(function($){ //
});

याक्थुङ युवा मंच केन्द्रिय समितीले केन्द्रिय अध्यक्षलाई बहुमत केन्द्रिय सदस्यहरूको बैठक बसी कारबही गरेको एक बिज्ञाप्ती जारी गर्दै बताएको छ।

बिज्ञाप्तीमा दोश्रो महाधिवेशनबाट निर्वाचित अध्यक्ष शुसन हुक्पा चोङबाङ संस्था प्रती कुनै पनि जिम्मेवारी नदेखाएको र संगठनलाई ज्यादै लापरबाही तरिकाले प्रस्तुत भइ हाल सम्पर्क बिहिन रहेको उल्लेख गरेको छ।।

RAWA Hills Town Property

RAWA Hills Town Property

बिज्ञाप्तीमा मन्चको तेश्रो महाधिवेशन तयारी संयोजक र कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष प्रज्ञा इजमलाइ दिइएको उल्लेख गरिएको छ।

बिज्ञापति:-

विषय : पदीय जिम्मेवारीबाट हटाइएको जानकारी।

लिम्बू याक्थुङ युवाहरुको सामाजिक संस्था याक्थुङ युवा मञ्च नेपाल २०७१ मा स्थापना पश्चात २ बटा महाधिवेशनहरु सम्पन्न गरिसकेको छ। तर दोस्रो महाधिवेशनबाट निवांचित अध्यक्ष शुसन हुक्पा चोङबाङ ज्यूले संस्था प्रति जिम्मेवारी एकरथी पनि बहन नगरी संगठनको मुल मुद्रा विपरीत संगठनलाई ज्यादै नै लापरवाही तरीकाले प्रस्तुत भई सम्पर्क बिहिन भएको हुनाले।
याक्थुङ युवा मञ्चको विद्यान-२०७३ को धारा (५८) ले व्यवस्था गरे अनुसार दमक, झापामा बसेको सङ्गठनको केन्द्रीय समितिको पूर्ण बैठक दुइतिहाइ मतले शुसन हुक्पा चोङबाङ ज्यूलाई अध्यक्ष पदबाट हटाइएको विद्यानत कार्वाही गरिएको जानकारी गर्दछौं।
तेस्रो महाधिवेशन तयारी संयोजक र कार्यवाहक अध्यक्षको रुपमा भूमिका निर्वाह गर्न तथा जिम्मेवारी लिन बैठकले मर्यादा क्रमको आधारमा बरिष्ठ उपाध्यक्ष प्रज्ञा इजमलाई जिम्मेवारी प्रदान गरिएको छ।

मनेश आइवो
महासचिव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय