jQuery(document).ready(function($){ //
});


मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ तोरीबारीमा तिजको अवसर पारेर बिभिद कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय महिला समिति मिक्लाजुङ वडा नं.८ को आयोजनामा दुर्गा तथा शिव मन्दिरको सभाहलमा बृहत तीज विशेष कार्यक्रम सम्पन्न भएको वडा स्तरीय महिला समिति मिक्लाजुङ वडा नं. ८ की संयोजक आरती पोख्रेल (बराल)ले बताइन । तिजको पर्वको अवसरमा आयोजना गरिएको तिज बिशेष कार्यक्रममा मिक्लाजुङ वडा नं. ८ का आमा तथा दिदी बहिनीहरुको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । कार्यक्रममा बिभिन्न सांस्कृतीक नृत्य सहित आमा तथा दिदी बहिनीहरुले छमछमी नाचेर भरपुर मनोरञ्जन लिएका थिए । यस्तै कार्यक्रममा राउण्ड चियर र हण्डीफोर कार्यक्रम समेत गरीएको थियो । राउण्ड चियर र हण्डीफोर कार्यक्रममा बिजयी हुने बिजेताहरुलाई पुुरस्कृत गरिएको थियो।
तिज बिशेष कार्यक्रमका प्रमुख अतिथी मिक्लाजुङ गउँपालिका उपाध्यक्ष दिनेश पौडेलले हरितालीका तिज २०७९ को अवसरमा शुभकामाना दिदै चाड पर्वहरुलाई तडक भडक तवरले नभई सरल तवरले मनाउनु पर्ने बताए । कार्यक्रमका बिशिष्ठ अतिथी मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पुर्णबहादुर कुवंर (प्रवेश) तिजको अवसरमा शुभकाना मन्तव्य राखेका थिए । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडा सदस्यहरु साथै स्थानीय अग्रज र बुद्धीजिबीहरुको उपस्थिती रहेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय