jQuery(document).ready(function($){ //
});


मोरङ । चुनाव आउन करिब ८४ दिन बाकी रहदा यतिवेला शक्तिकेन्द्रहरुमा कुनपार्टीले कति सिट पाउने भन्ने सम्वधमा गरमागरम बहस चलिरहेको छ ।
बहस चलिरहेकै बेला माथिल्लो शक्तिकेन्द्रहरुमा प्रदेश सासद बन्न अपेक्षा राखेका देखी संघिय सासदको अपेक्षा गर्नेहरु यतिवेला शक्तिकेन्द्रका द्वारहरुमा भेटिने गरेका छन् ।
उनिहरु विशेष गरी आगामी मंसिर ४ का लागि सरकारले निर्वाचन मिती घोषणा गरेसगै टिकट हत्याउन र आफ्नो चुनावी क्षेत्रमा सिट सुरक्षित राख्न लविङमा लागिरहेका छन् ।
यसै क्रममा मोरङ क्षेत्रनम्वर १ (१) मा पनि आगामी निर्वाचनमा सांसद हुने दौडमा रहेका उम्मेदवारका आकाक्षीहरुले टिकट आफ्नो पक्षमा पार्न गरेको लविङका कारण शक्तिकेन्द्रलाई टिकट कस्लाई दिने भन्ने बारेमा रस्साकस्सी नै चल्ने गरेको छ ।
विषेश गरी सत्तारुढ गठबन्धनका दलहरुमा यो रस्साकस्सी देखीने गरेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार यतिबेला मोरङ क्षेत्रनम्वर १ (१) गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरञ्जिवी थापा र बर्तमान प्रदेश १ का सांसद कुशल लिम्वुका बारेमा छलफल हुने गरेको बतायो ।
थापा नेपाली कांग्रेसको तर्फबाट एकमात्र उम्मेदवारका रुपमा रहेको भन्दै चर्चा हुने गरेको भएतापनि गठबन्धनका तर्फबाट नेकपा माओवादीले बर्तमान सांसद कुशल लिम्वुलाई उम्मेदवार बनाउने आन्तरीक छलफमा लागेपछि शक्तिकेन्द्रमा गठबन्धनका २ पार्टी कांग्रेस र माओवादीका पदाधिकारी विच बहस हुन थालेको हो ।
बर्तमान सरकार संचालनका यि दुई ठुला पार्टीमा यस क्षेत्रमा दुवैले आफ्नो प्रभावका आधारमा उम्मेदवार दावी गर्दै आएका छन् ।
भने नेपाली कांग्रेसले मतलाई आधार मानेर उम्मेदवार चयन गर्नुपर्ने धारणा राख्दै आएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट उर्लाबारी र मिक्लाजुङ गाउपालिका गरेर लगभग १९ हजार मत रहेको छ भने माओवादीका तर्फबाट ४ हजार ९ को हाराहारीमा मत रहेको छ ।
जसका कारण मोरङ क्षेत्र नम्वर १ (१) मा काग्रेस की माओवादी को उम्मेदवार ? भन्ने बारेको बहस पेचिलो बन्दै गएको छ ।
माओवादीले बर्तमान सांसद लिम्वुलाई नै सांसदको रुपमा उठाउनुपर्ने माग राखेको छ भने काग्रेसले विगत लामो समयदेखी जापानमा रहेर सफल व्यावसायीको रुपमा स्थापीत भएका चिरञ्जिवी थापालाई उम्मेदवार बनाउने तयारीमा रहेको छ । थापा हाल केही समय अगाडी जापान छाडेर नेपाली माटोमै केही गरौँ भन्ने सोचका साथ नेपालमै आएर व्यापार गर्दै आएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय