
।।किशोर निरौला ।। मोरङ।।
मधुमल्ला÷ नबोदय बहुउद्देश्यीय संस्था लि सेवा केन्द्र मधुमल्ला शाखाको आयोजनामा मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
मधुमल्ला सेवा केन्द्रले बुबाको मुख हेर्ने दिन (कुशे औंशीको) अवसर पारेर जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको मधुमल्ला सेवा केन्द्र प्रदिप पौडेल बताए । कार्यक्रममा ६३ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर कार्यक्रमका प्रमुख अतिथी मोरङ क्षेत्र नं. १ का प्रदेश सभा सदस्य कुल प्रसाद साम्बाले सम्मान गरेका थिए । जेष्ठ नागरीक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य कुल प्रसाद साम्बले जेष्ठ नागरीकहरु हाम्रा धरोहर भएकाले जेष्ठ नागरिकहरुलाई सेवा र सम्मान गर्दै निरन्तर अघी बढ्नु हाम्रो दायित्व भएको बताए । कार्यक्रममा मिक्लाजुङ गाउँपालिका वडा नं. ८ वडाध्यक्ष पुर्ण बहादुर कुवंर (प्रवेश) बृद्ध बृद्धा क्लबका अध्यक्ष देवी कुमार पौडेल, लक्ष्मी नारायण मन्दिरका अध्यक्ष प्रेम बरालले मन्तव्य राखेका थिए । कार्यक्रममा मिक्लाजुङ गाउँपालीका वडा नं. ८ का बिभिन्न संगसंस्था प्रतिनीधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा मिक्लाजुङ वडा नं. ८ का अग्रज जेष्ठ नागरीकहरुको सहभागीता रहेको थियो । कार्यक्रम नवोदय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरन कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।