jQuery(document).ready(function($){ //
});

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पताल नजिकै गए राती स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । 

मृत्यु हुनेमा स्कुटर चालक काठमाडौँकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा कटुवालको गए राती पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवलदार रहेको बताइएको छ। 

दुर्घटनामा घाइते भएका स्कुटरमा पछाडि जोरपाटी बस्ने ३१ वर्षीय सुरेश राई र मोटरसाइकल चालक भक्तपुरका सुमन श्रेष्ठको उपचार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

मोटरसाइकलमा पछाडि सवार भक्तपुरकै २० वर्षीय रोजित गाइजुको उपचार भने थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।  

बा ७६ प १३५ नम्बर स्कुटर र बागमती प्रदेश ०२ ०१९ प २४७६ नम्बरको मोटरसाइकल गए राती साढे ११ बजे ठोक्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय