jQuery(document).ready(function($){ //
});

झापा : झापाको गौरादह क्षेत्रमा राति २ वटा पसलमा चोरी भएको छ। गौरादह वडा न. २ र ३ मा पर्ने धिमधिमे चौकका दुई पसलमा चोरी भएको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

दाजुभाइ प्रबिन बस्नेत र होम बस्नेतले संचालन गर्दै आएको किराना र भाडा पसलबाट रिचार्ज कार्ड, खाने तेल, चुरोट, राइस कुकर, थर्मस र नगद गरि करिब ८० हजार बराबरको चोरी भएको प्रहरीले जनाएको छ।

ती पसल पाडाजुङ्गी – गौरीगंज सडक खण्डमा पर्ने गौरादह-३ को धिमधिमे चौक बाटो पुर्व र पश्चिममा पर्छन। प्रहरीका अनुसार यी पसलहरुको पछाडिको चेनगेट फोरेर चोरी भएको हो।

गौरादहमा पछिल्लो समय शृङ्खलाबद्ध चोरी र लुटपाटका घटनाहरु बढेका छन्। यसअघि पनि गौरादह बजार, धोबनिया चौक, चप्रामारीमा लुटपाट भएको थियो।

तर, प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसक्दा चोरीका घटनाहरु बढ्दै गएको व्यवसायीको आरोप छ। व्यवसायीहरुले प्रहरीले शान्ति सुरक्षा दिन नसक्दा दैनिकजसो चोरीका घटनाहरु बढेको भन्दै चिन्ता व्यक्त गरेको छन्।

हेर्नुस सिसिटिभी फुटेज:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय