
काठमाडौँ| काठमाडौँ महानगरपालिकाले काठमाडौँ फनपार्कलाई कर तिर्न २४ घण्टे अल्टिमेटम दिएको छ। समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेको फन पार्कले वर्षौँ देखि कर नतिरेको बुझिएको छ । बहाल कर, मनोरञ्जन कर लगायतका कर र सो को वर्षौँ देखिको जरिवाना समेत तिर्न महानगरले चेताएको हो ।

बाँकी कर चुक्ता समयमा नगरे शिलबन्दी गरिने महानगरले चेतावनी दिएको छ ।