jQuery(document).ready(function($){ //
});

राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ। हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते बुकक्लोज गरेको थियो। त्यसैले भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। हाल ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ रुपैयाँ ५० पैसा पुग्नेछ।



RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय