
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अपराह्न झापा आउनु हुदै हुनुहुन्छ ।

अध्यक्ष ओली आज अपराह्न ३ः०० बजे भद्रपुर विमानस्थल हुँदै झापा आउन लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाका अनुसार आजै साँझ आफ्नो निर्वाचन क्षेत्र झापा ५ का बुद्धिजीवी तथा शिक्षकहरूसँग उहाँले अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
यसैगरी विपक्षी पार्टीमा रहेका विभिन्न समूहहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रम पनि रहेको उहाँले जानकारी दिनुभयो । खासगरी कार्यकर्ता र मतदाताहरूसँग व्यक्तिगत भेटघाटलाई प्राथमिकता दिइने पनि सचिवालयले जनाएको छ ।
अध्यक्ष ओली आज साँझ दमकस्थित निजी निवास दमक ९ मा बस्नु हुनेछ । भोलि शुक्रवार मोरङको सुन्दरहरैँचामा हुने नेपाल जेसिजको कार्यक्रमलाई सम्बोधन गरेर अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रको सीमावर्ती गाउँ गौरीगञ्ज पुग्नुहुनेछ । त्यहाँ विभिन्न पार्टी त्यागेर एमाले प्रवेश गर्नेहरूलाई स्वागत र सम्बोधन गर्ने कार्यक्रम छ । उक्त दिन साँझ पनि मतदाता र कार्यकर्ता भेटघाटलाई निरन्तरता दिनुहुनेछ ।