
मोरङको कोरबारीस्थित खोलामा डुबेर युवकको मृत्यु
मोरङको केराबारी गाउँपालिका–६ स्थित हुरहुरे खोलामा डुबेर बुधबार साँझ एक जना युवकको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार पौडी खेल्ने क्रममा खोलामा डुबेर सुनसरीको धरान उपमहानगरपालिका–६ पानमाराका २३ वर्षीय इशानबहादुर कार्कीको मृत्यु भएको हो । पौडी खेल्ने क्रममा कार्की दिउँसो ३ः३० बजेतिर खोलामा डुबेका थिए ।
साथीहरुले उद्धार गरेर उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याए । धरान पुर्याउनसाथ साँझ कार्कीको मृत्यु भएको जानकारी डिएसपी श्रेष्ठले दिए । घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए ।