
मधुमल्ला÷मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा मिक्लाजुङ सञ्चार क्षेत्रको विकासमा सहयोग गर्दै अघि बढ्ने मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनु भएको छ । विहिबार मिक्लाजुङ मिडिया प्रा.लि. को कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बबिकुमार राईले सो कुरा बताउनु भएको हो । मिक्लाजुङ गाउँपालिका क्षेत्रमा सञ्चार क्षेत्रमा केही मात्रामा पछि परेकाले अब मिक्लाजुङ गाउँपालिका बाट नै साप्ताहिक पत्रिका र रेडियो सञ्चालन गर्न समेत मिक्लाजुङ गाउँपालिकाले आवश्यक समन्वय गर्ने बताउनु भयो । मिक्लाजुङमा पहिलो पटक सञ्चालनमा आएको मिक्लाजुङ मिडिया प्रा.लि. आम मिक्लाजुङ बासीहरुको दुःख सुखलाई समेट्दै समाजलाई सकारात्मक मार्गमा हिडाउने कार्यमा मिडिया प्रा.लि. सफल रहोस भन्ने शुभेच्छा व्यक्त गर्नु भयो ।
कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि मिक्लाजुङ गाउँ पालिका उपाध्यक्ष दिनेश पौडेलले नेपाली आधिकाँश मिडियाहरुले नकारात्मक कुराहरुलाई अनर्गल रुपमा उठाउने गरेकाले मिक्लाजुङ मिडिया प्रालिले त्यस्ता अनावश्यक कुराहरु भन्दा समाजमा सकारात्मक उर्जा दिने समाचारहरुलाई प्राथमिकता दिएर समाचार सम्प्रेसण गर्ने सुझाब दिनु भयो । साथै मोरङ जिल्लाको सुदुरपूर्वबाट सञ्चालनमा आएको मिक्लाजुङ मिडिया प्रालिले प्रदेश नं. १ मा उत्कृष्ट कार्य सञ्चालन गरेको देख्न, हेर्न र सुन्न पाईयोस् भन्दै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गुर्न भयो । साथै अब मिक्लाजुङ क्षेत्रका बिविध गतिविधिहरुलाई विश्वभर पु¥याउन मिक्लाजुङ मिडिया प्रालि सफल होस् भन्ने शुभेच्छा पौडेलले व्यक्त गर्नु भयो ।
सोही अवसरमा बोल्दै मिक्लाजुङ गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पूर्ण बहादुर कुंवर (प्रवेश)ले मिक्लाजङमा मिडिया प्रालिले यस क्षेत्रमा भएको सञ्चार क्षेत्रको आवश्यकतालाई पूरा गर्न सफल रहोस् भन्ने शुुभेच्छा व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भयो । राजनैतिक दलहरुको तर्फबाट शुभकामना मन्तव्य राख्दै नेकपा एमाले मिक्लाजुङका अध्यक्ष बुद्धिमान लिम्बूले मिक्लाजुङ मिडिया प्रा.लि.ले सबैको मन जित्दै सत्य, तथ्य र निश्पक्ष खबर प्रवाह गर्दै मिक्लाजुङका गतिबिधिहरुलाई विश्वमाझ पु¥याउन सफल होस् भन्दै शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रमा भगवती मा.वि.का प्रधानाध्यापक प्रेम प्रकाश कोइरालाले अधिकांस मिडियाहरुले आदरार्थी शब्द प्रयोग नगरेको पाइएकाले यसमा मिक्लाजुङ मिडियाले त्यसलाई ख्याल गरी आदरार्थी शब्दको प्रयोग गर्दै मर्यादित बन्दै अघि बढ्न सुझाब दिनु भयो । कार्यक्रमका अतिथि मावा नुनसरी सामुदायिक वनका अध्यक्ष जगत बस्नेतले मिक्लाजुङमा स्थापना भएको मिक्लाजुङ मिडियाले यस क्षेत्रको एउटा आवश्यकता पूरा गरेकाले कतिपय आवश्यकीय कार्यक्रमहरु मिडियासंग समन्वय गर्दै सञ्चालन गर्न वन तयार रहेको बताउनु भयो । कार्यक्रममा लेखनाथ पुस्तकालयक अध्यक्ष गोविन्द बस्नेत, प्याब्सन मिक्लाजकुङ अध्यक्ष नवराज दवाडी, मिक्लाजुङ सुनचाँदी व्यवसायी संघका सचिब कोमल प्रसाद ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
मिक्लाजुङ मिडिया प्रालीका अध्यक्ष सन्तोष गौतमलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले दिएका सुझाब र सकारत्मक पक्षहरुलाई शिरोधार्य गर्दै निरन्तर रुपमा मिक्लाजुङ क्षेत्रको विकाशलाई सञ्चार माध्यमको तर्फबाट अगाडि बढाउन प्रतिबद्ध रहेको अध्यक्ष सन्तोष गौतमले बतउनु भयो । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य जीवन निरौलाले र कार्यक्रम सञ्चालन खगेन्द्र चौहानले राख्नु भएको थियो ।